बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौ २९ देखि टिभिएसको मोटर साइकल ग्राण्ड एक्स चेन्ज मेलाले बबाल मच्चाइरहेको छ ।

 

हेटौंडा–४ स्थित फरिष्ट्रे नजिकै रानी दरबार अघाडी ग्राण्ड एक्स चेन्ज मेलाले धमाका मच्चाएको हो ।   ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरे संगै २९ गतेदेखि ६ दिन सम्म चलाइने गरि टिभिएसले हेटौंडामा चलेको एक्सचेन्ज मेला धमाका असोज ३ गतेसम्मका लागी रहने छ ।

टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा  ग्राहकवर्गहरुले कुनै पनि कम्पनीको पुरानो मोटर साइकल छाडेर टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लैजान सकिने अफर छ ।

मेलामा  १सय वटा नयाँ टिभिएसको बिक्री गरिने लक्ष्य रहेको ग्राहकवर्गहरुले पुरानो मोटरसाइकलको एक्सचेञ्ज गर्दै पुरानोको बजार मूंल्याकन भन्दा रु ७ हजार थप प्रदान गरिने अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताएका छन् ।

बरुवालले बताए अनुसारै योजनाको जानकारी गराए अनुसार ‘बबाल फाइनान्स स्किम’अन्तरगर्त न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट र मासिक जम्मा ४हजार २सय ७७ रुपैयाँमा ‘स्पट फाइनान्स’ सुबिधा संगै अन्य उपहारहरु समेत प्रदान गरिने छ ।

टिभिएसको कुनै पनि मोडल खरिद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सकिने र खरिद गर्नुअघि नै १लाख र खरिदपछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने जानकारी गराइएको हो ।

योजना मै हरेक दिन एकजना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था त्यस्तै  साथै भाग्यसाली एक जनालाइ बम्पर उपहार रु ५० लाख नगद पुरस्कार उपलब्ध गराइने भएको हो ।

टिभिएसमा न्यूनतम १ लाख ४२ हजारदेखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटीहरु रहेको छ ।