बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको जिल्ला तेक्वान्दो संघ मकवानपुरले खेलाडिको परिक्षा ग्रेडिङ कार्य सम्पन्न गरेको छ ।

हेटौंडा उपमहानगर १४ को जनज्योति तेक्वान्दो डोजाङको पहिलो परिक्षा ग्रेडिङ कार्य शनिबार सम्पन्न गरिएको हो ।

लालकाजि रत्न बज्राचार्यको सभाअध्यक्षता जनज्योति तेक्वान्दो डोजाङ को पहिलो ग्रेडिङ समेत रहेका १४ नम्बर वडा अध्यक्ष दिपक खड्काको पूमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

१सय ५२ जना खेलाडिको परिक्षा ग्रेडिङ सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा जनज्योति माबिका ब्यबस्थापक समितिका अध्यक्ष ,प्रधानध्यापक ,मकवानपुर तेक्वान्दोका संस्थापक दिलिप राजथला, अबिभावक लगायतको उपस्थिति रहेको थियो ।

तेक्वान्दो कार्यसमिति का सचिवबिक्रम लामिछानेले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए ।