बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालले आजदेखि नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ ।
अस्पतालमा क्याबिन र भिआइपी कक्षको समेत निर्माण गरिएको नयाँ भवनबाट आज आइतबार देखि नै सेवा सुचारु गरिएको हो ।
सुबिधा सम्पन्न सेवा दिने भनि तयारी गरिएको नयाँ भवनमा आजैदेखि सुचारु गरेपछि मकवानपुरबासीमा खुसी छाएको छ ।
नयाँ भवनबाट सेवा प्रदान गरिएपनि केही दिनपछि उद्घाटन गर्ने तयारीमा रहेको छ ।
आकस्मिक सेवा, काउन्टर, ल्याब, फार्मेसीका सेवाहरु अस्पतालमा वार्ड, क्याबिन, आइसियु, अत्याधुनिक सिटिस्क्यान सेवासहितको सेवा प्रदान गरिएको
हेटौंडा अस्पताल संचालन तथा ब्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले बताए ।
चौलागाईंले बताए अनुसार डेन्टल र गाइनो बाहेकको ओपिडी सेवा पनि नयाँ भवनमा सारिएको छ ।
यसै विच के कस्तो सेवा सुचारु भयो ? के कती काम बाँकी छ ? भनि गरिएको कुराकानी सहित ।।।
Hetauda Hospital New Building ।हेटौंडा अस्पताल बन्यो यति ठुलो।नयाँ भवन । स्वास्थ उपचार सेवामा यस्तो।














प्रतिक्रिया दिनुहोस्