हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष नविन सिग्देल कार्यकक्षमा कुटिएका छन् ।
नेकपा एमालेका जिल्ला सचिव जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष समेत रहेका सानु लामा दोङलाई कुटपटिको आरोप छ ।
कुटिएपछि सिग्देलले लामालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कुटपिटका आरोपीलाई कारवाही गर्न उजुरी दर्ता गराएको सिग्देलले जानकारी दिएका छन् ।
यस विषयमा वडाध्यक्ष सिग्देलले आफूमाथि कुटपिट हुनु गलत भएको उल्लेख गर्दै कानुनी उपचार तर्फ लागेको बताएका छन् ।
‘उजुरी दर्ता गरेलगत्तै आरोपी दोङ्गलाई कारवाही गरिने मकवानपुर प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिए ।
एकै पार्टीमा रहेका व्यक्तीमाथि हातपात भएकाले सबैको चासो बनेको छ ।
वडा अध्यक्ष लाई कार्यकक्ष मै हातपात गरेर सानू लामा हिडेपछि सुरक्षामा चुनौती थपिएको उल्लेग गरिरहेका छन् ।
वडा नं ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयको व्यवसायिक सटरहरु भाडामा लगाउने बिषयमा भएको विवादका कारण कुटपिट भएको भनिएको छ।
दिनहु कुनै व्यक्ती र विषयलाई लिएर अभिव्यक्ती दिने गरिरहेका सन्तोष न्यौपानेले सामाजिक सञ्ञ्जाल फेशवुकमा यसै विषयलाई केन्द्रित गर्दै
शब्दहरु लेखेका छन् ।

प्रीय: सानु लामा भाइको नाताले मैले बोल्नै पर्ने भो । आज तिमिले जे गर्यौ ठिक गर्यौ , अनैतिक र भ्रष्टाचारी हानेछौ । कानुन तोडेको आरोप छ । बर्तमान भ्रष्ट समाज नहानि नहुने जर्जर छ । सहि गर्यौ मेरो व्यक्तिगत समर्थन छ । साहसको लागि धन्यवाद ।
भ्रष्टाचारी बिरुद्द बुजेको छु तिम्रो यात्रा भाइजान !!
उनले एक प्रकाशित समाचार सेयर गर्दै हेटौडाको भुटनदेबि स्कुलको सटर भाडामा एमालेले कमिशनमा दियपछि …. गरिबले पायन्न , सेटिङमा कमिशन चक्कर । समेत लेखेका हुन् ।
स्थानिय तह निर्वाचन २०७९ मा हेटौंडा उपमहानगर वडा नम्बर १० को वडाध्यक्ष पदको उम्मेद्वार बनेपछि कांग्रेसको भन्दा आफ्नो पक्षको १ मत कम आएमा पनि राजनीतिबाट सन्यास लिने घोषणा गर्ने अभिव्यक्ती दिएका थिए ।
नेकपामाओवादी केन्द्रमा रहदा हेर्दा सामान्य तर गम्भिर भन्दै बिभिन्न विषयमा टिक्का टिप्पणी गदै आईरहेका न्यौपानले ३०८ मत प्राप्त गरे भने कांग्रेस तर्फका उम्मेद्वारले ६८४ मत प्राप्त गरे भने वडा नंबर १० मा नेकपा एमालेबाट फुर्वा दोर्जे लामा ९ सय ७२ मत सहित वडाध्यक्षमा विजयी भए ।
न्योपानेले अभिव्यक्ती दिएसंगै कम मत आएर वडाध्यक्षमा हार भएपछि सामजिक सञ्जाल फेसबुक मार्फत कुनै पनि राजनैतिक दलमा आवद्ध नरही समाजसेवामा अनवरत लाग्ने अण्डर बिलिङ गरेर पैसा थुपारेर श्रम सोषण गर्नेको पर्दाफास गर्ने लेखेका थिए ।
हाल उनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सर्मथनमा छन् भने न्यौपानेको लेखाईमा बिभिन्न टिक्क टिप्पणी आई रहेको छ । ।
………………….














प्रतिक्रिया दिनुहोस्