नायक पल शाह पुर्ण विक्रम शाहले आफु माथी षड्यन्त्र गरिएको सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा उनि विरुद्ध बाल गायिकाले जवरजस्ती करणी उद्योग अन्तर्गत उजुरी दर्ता गरेपछि यस बारेमा प्रस्ट्याउन चाहेको भन्दै आफ्ना भानाइलाई व्यक्त गरेका हुन् ।

केही समयमा पल र बाल गायिकाका बिषयमा आएका कुरामा सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै कसैले उक्साएको
स्पष्टीकरण दिएका थिए।
तनहुँमा पलविरूद्ध विरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ भने आरोपलगाई नियोजित र षडयन्त्र पूर्वक ढङ्गले आफुमाथि प्रहार गरिएको व्यक्त गरेका हुन्।

योजनाबद्ध तरिकाले फसाउने प्रयास भन्दै केही अडियो क्लिप सहित समाजिक सञ्जालमा आफ्ना भनाई व्यक्त गरेका हुन् ।

 

पलले यस्तो लेखेका छन् ।।

 

‘नमस्कार म पल शाह । म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु’, शाहले भनेका छन् ।

‘सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरू सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु’, शाहले भनेका छन् ।

‘केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा गायिका  द्वारा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’, उनले भनेका छन् ।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत बिभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठीक र के बेठीक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोल’, शाहले भनेका छन् ।

‘यदि म दोषी भए नेपालको कानून बमोजिम सजाय भोग्न तयार छु’, उनले भने, ‘जुन व्यक्तिहरूले गायिकालाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ती व्यक्तिहरूको नाम यस प्रकार रहेको छ ।’

………………..

 

कानुनले यस्तो भन्छ
बालिकासँग सहमतिमै यौन सम्पर्क राख्नु पनि करणी

१६ वर्षको हुँदा के सही के गलत भनेर निर्णय गर्ने क्षमताका विकास नभइसकेको हुँदा शारीरिक सम्बन्धका लागि उनीहरूले गरेको निर्णयलाई नेपालको कानुनले अबोधताको दृष्टिले हेर्छ ।

घटनामा अबोध पिडित भएको र अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेमा अबोधताको फाइदा उठाएर करणी गरेको भन्ने व्याख्या कानुनले गर्छ भने मन मिल्दैमा यस्तो मुद्दामा नाबालकको सहमतिलाई सहमति मानिँदैन ।

मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको बारेमा व्यवस्था गरिएको छ । जस अनुसार दफा २१९ मा कसैले जवर्जस्ती करणी गर्न हुँदैन भन्ने व्यवस्था गरेको छ । कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने कानुनले व्यवस्था गरेको छ ।

 

नायक पलविरुद्ध जबरजस्ती करणीको उजुरी