जेसीआई बसामाडीको जेसीज सप्ताह वर्ष २०२२ वार्षीक अन्तरर्गतका कार्यक्रम सहित समापन भएको छ ।
सामाजीक सेवामा समेत सक्रियता देखाउदै आइतबार देखी सुरु भएको सप्ताहव्यापी कार्यक्रम शनिबार समापन गरिएको हो ।

सप्ताह वर्ष २०२२ वार्षीक कार्यक्रमहरुको आयोजना अन्तर्गत नै आइताबार हेटौडा उपमहानगर २ स्थित बनस्खण्डी मन्दिरका लागी इन्भटरको ब्याट्री सहयोग गर्दै सुरु गरेका हुन् ।

 

दोस्रो दिन सोमबार हाम्रो घर बालगृहलाई खाद्यन्न सहयोग, तेस्रो दिन मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता, बुधाबार चौथो दिन  हेटौंडा ७ कमानेमा रहेको आशा फाउन्डेसनलाई  खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग, पााचौ दिनमा विहिबार भिमफेदीमा रहेको नेपाल बाल संगठन, मकवानपुरद्वारा संचालित बाल मन्दिरमा खेलकुद सामग्री सहयोग गरेका थिए ।

त्यस्तैगरिशुक्रबार छैठौ दिनमा बसामाडीको श्री महेन्द्र किरण माबिमा लागुऔषध दुव्र्यसन सचेतना कार्यक्रम गरेका हुन् ।

का.का.अध्यक्ष मुल कार्यक्रम संयोजक जेसी सुरज डङ्गोल, सह मुल कार्यक्रम संयोजक उपाध्यक्ष २०२२ जेसी मनिष घिमीरे रहेको कार्यक्रममा आइतबारको लागि जेसी रमेश शर्मा,सोमबार जेसी निरज अर्याल, मंगलबार जेसी धुर्व गौतम, बुधाबार जेसी परमेश्वर पौडेल, विहिबार जेसी अनिल बसेल र शुक्रबारको कार्यक्रमको संयोजन विप्लब लम्सालले गरेका थिए ।

त्यस्तैगरि कार्यक्रमको समापनको संयोजन जेसी बासुदेव तिमलसिनाले गरेका हुन्

अन्तर फुटसल प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार पुरस्कार वितरण तथा कार्यक्रम संयोजकहरुलाई मायाको चिनो प्रदान गरिएको हो ।

 

नेतृत्व र बेक्तित्व बिकासमा काम गरिरहे अवगत गराउदै युवाहरुलाई व्यक्तीत्व र नेतृत्वमा अब्बल गराउनका लागिनै सप्ताहव्यापी कार्यक्रममा हरेक कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी फरक व्यक्तीलाई दिने गरिएको अध्यक्ष चिराग अग्रवालले बताए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगतर्को कार्यक्रम सफल बनाउन सबैको महत्वपुर्ण भुमिका रहेका उल्लेख गर्दै सबैमा आभार व्यक्त गरे ।

बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा तथा संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यता राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल जेसीजका महासचिव कृष्ण सापकोटा, जेसीसका सल्लाहकार ज्योतिरत्न बज्रचार्य, अनिल अग्रवाल, सुनील दाहाल, २०१९ का अध्यक्ष सरोज अधिकारी, २०२१ क अध्यक्ष गौतम केसी, वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, ३ का ढलक बहादुर थापा, ३ का नवीन सिग्देल, हेटौंडा जेसीजका अध्यक्ष पवन कंसाकार, बस्तिपुरका अध्यक्ष तेजप्रसाद उप्रेती, पालुङ जेसीजका अध्यक्ष जयराम केसी, हेटौंडा लेडी जेसीजका महासचिव दिलु घर्ती, नेपाल भारत मैत्री विश्व संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनाली, मकवानपुर जेसीजका अध्यक्ष एंव बसामाडी जेसीजका पदाधिकारी लगायतको उपस्थिती ।