Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

यहाँ जीर्ण बन्दै गरेको जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८ मा रहेको यस कारागारमा रहेका कैदीबन्दी यतिबेला गर्मी र उडुसको टोकाइले मारमा पर्ने गरेका हुन् । यहाँ वरिपरी अग्लो पर्खाल, पर्खालबाट सानो ढोकाभित्र छिरेपछि असरल्ल त्रिपालको बार अनि त्यहाँभित्र भूइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको स–साना र अँध्यारा कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मान्छे, नजिकै शौचालयबाट आइरहेको दुर्गन्ध । यो कष्टकर र अत्यास लाग्दो चित्र जिल्ला कारागारको हो । उनीहरुलाई कानुनअनुसारको सजाय भइरहेको भए पनि कानुनी मापदण्डको यहाँको कारागारको संरचना छैन । मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । कानुनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त छ । हाल यहाँ १०२ कैदीबन्दी रहेका छन् । पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वभाविक रुपमै यी समस्या रहेको अड्कल गर्न सकिन्छ । संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसो याम होस् वा गर्मी याम यहाँ उनीहरु बाह्ैमहिना दिनरात समस्याले गर्दा चिन्तामै हुने गरेका छन् । पाँच वर्षदेखि जबरर्जस्ती करणी मुद्दामा कैद सजाय भोग्दै आएको चौकीदार नवीन गुरुङले भन्नुभयो, “यहाँ साघुरो ठाउँ छ, त्यहीमाथि क्षमताभन्दा झण्डै चार गुणा कैदीबन्दी छन्, यसले गर्दा खान बस्न, सुत्न त समस्या भइहाल्छ, त्यति मात्र होइन यतिबेला गर्मीको समय भएकाले धेरै जना कोचिएर सुत्नुपर्दा बढी गर्मी हुने गरेको छ, उडुस परेकोले उडुस मार्दै सुत्नु परेको छ ।” तीन वटा शौचालय मात्र रहेकाले शौचालय जान पनि कति बेला पालो आउला भनेर पालो कुर्नुपरेको कैदीबन्दीको गुनासो छ । कैदीबन्दीका अनुसार वर्षा हुँदा पानी समेत रसाउने तथा भित्र छिर्ने गरेको छ । कारागारमा गर्मीको समयमा पङ्खासमेत पर्याप्त नहुँदा समस्या भइरहेको बताइएको छ । यहाँका कैदीबन्दीले समस्याको समाधान गर्न सरकारसँग माग गर्दै आए पनि समस्या जहाँकोतहीँ जीवत छ । यो कारागार विसं २०२८ मा कुन्छाबाट बेँसीशहरमा सदरमुकाम सरेसँगै निर्माण गरिएको थियो । कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना गरी चार रोपनी क्षेत्रफलमा फैलिएको छ । सङ्ख्याका आधारमा कारागाराका लागि आठ रोपनीभन्दा बढी क्षेत्रफल आवश्यक पर्ने देखिए पनि सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ÷हुँदैन भनेर केही वर्षअघि नै माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो । कारागारका जेलर तारा तामाङले भन्नुभयो, “३५ जनाको क्षमताको कारगारमा उक्त सङ्ख्यामा हुँदा उनीहरुलाई विभिन्न समस्या भइरहेको छ, यो पुरानो संरचना हो, भौतिक संरचना निर्माण गर्न जरुरी छ, हामीले पहल गरिरहेका छौँ ।” बेलाबेलामा उडुसको औषधि हाले पनि औषधिले उडुस नमर्दा समस्या भएको जिल्ला कारागारले जनाएको छ । कारागारका अनुसार यहाँ पहिलाभन्दा केही सहज भए पनि समस्या धेरै रहेको छ । कैदीबन्दीलाई मात्र नभइ यहाँ सुरक्षाकर्मीलाई समेत समस्या छ । कारागारको २ नम्बरको सुरक्षा पोष्ट भवनको पर्खाल नै भत्किएको छ । यहाँ जोखिम मोलेर नेपाल प्रहरीले डिउटी गर्ने गरेका छन् । यस कारागारमा रहेका कैदीबन्दीमा सुगर, दम, क्षयरोग लगायतका समस्या रहेको कारागारले जनाएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology