नेकपा माओवादी केन्द्रको निकट संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको मकवानपुर समन्वय समिति संयोजकमा लवराज ठकुरी चयन भएका छन् ।वागमती प्रदेशको बसेको वैठकले ठकुरीलाई संयोजक चयन गरेको हो ।

वैठकमा सचिव अरुण मोक्तान केन्द्रीय कृषि तथा उत्पादन विभागमा सानुबावु मोक्तान, शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि विभागमा दिनेश बानियाँ, खेलकुद विभागमा आलोक लामा, अनुशासन विभागमा सरोज पाख्रिन, जनमुक्ति सेना विभागमा सुनिल बयलकोटीलाई चयन गरिएको छ ।

प्रदेश आयोजक कमिटीतर्फ ठकुरी, किरण मोक्तान , अभिनाश गजुरेल, शोभासिं ठकुरी घिमिरे, बिष्णु नेगी, प्रकाश थापा, जगदीश दाहाल, बिरध्वाज थिङ, दीपक थिङ, दिपेन्द्र अधिकारी र कमल अर्याललाई चयन गरेको हो ।