नेपाली कांग्रेस बागमतीको प्रदेश प्रतिनिधि विकेशलाल श्रेष्ठको आर्थिक सहयोगमा विद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएको छ ।

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर १२ स्थित जगडाँडाको सातकन्या प्राविका कक्षा शिशुदेखि ५ सम्म अध्ययनरत ७० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सुनमाया भोम्जनको पहलमा हेटौंडास्थित विभियाना फाउन्डेसन तथा उक्त फाउन्डेसनका संरक्षक समेत रहेका श्रेष्ठको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।

उक्त कार्यक्रममा समाजिक सहयोगी कर्णबहादुर स्याङतान, मीनाकुमारी स्याङ्तान, शिक्षक बोधराज अर्याल, पद्मा थापा, यममाया राना, विद्यालय व्यवस्थापन समितिका पदाअधिकारी विद्यार्थी र अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो ।