मकवानपुरको मनहरी गाउँपालीका स्थित वडा नम्बर ५ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य अघि सारेको छ ।
वडा कार्यालयले एक सुचना जारी गर्दै यही साउन ४ र ५ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको जनाए अनुसार सो कार्य गरेको छ ।
आर्थिक बर्ष २०७८र ०७९ को चौथो त्रैमासिक भत्ता ५ नम्बर वडाका लाभग्राहीलाई सांग्रीला बैंकसंग भएको सम्झौता बमोजिम यही साउन ४ र ५ गते बिहान १०ः३० बजे देखि ३ बजे सम्म २ दिन सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको वडा अध्यक्ष दिपेन्द्र अधिकारीले बताएका हुन् ।
वडाबाट बैङ्किङ प्रणाली मार्फत गर्ने र कार्यालय सम्म पुग्न नसक्ने अशक्त लाभग्राहिलाई घरमै पुगेर भत्ता वितरण गरीने भने अनुसार सो कार्य गरिएको वडा अध्यक्ष अधिकारीले बताए ।
यस्तै गरि अस्वास्थ्य अस्वस्थ्य रहेको लाभग्राहि ढलक कुमारी बिष्टलाइ घरमै पुगि सामाजिक सुरक्षा भत्ता बितरण समेत गरेका छन् ।
त्यस्तै, संघिय सरकारको राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागबाट पठाएको पत्र अनुसार दिन, महिना र सालले ६८ बर्ष पुराएको भएको जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको फारम भर्ने कार्य पनि शुरु भएको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।
नयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न फोटो एक प्रति, नागरिकताको फोटोकपि एक प्रति र बसाईसरी आएको हो भने बसाइसराई पत्रको फोटोकपि एक प्रति लिएर आउन पनि अनुरोध गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्