मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर ८ स्थित युनाइटेड इंग्लिश बोर्डिङ स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई स्क्रावल खेल र अन्तरदेशीय कार्यक्रम सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।
कक्षा ७ देखि ९ सम्म अध्यनरत विद्यार्थीहरलाई प्रशिक्षण दिइएको कार्यक्रमका सहजकर्ता विवस जंग थापाले बताए ।

सांगितिक माहोल सहितको कार्यक्रममा अफ्रिका , भियतनाम लगायत अन्तरराष्ट्रीय शिक्षक र विद्यार्थीसँग प्रविधिको प्रयोग मार्फत कुराकानी समेत गराइएको बताए ।

बाहिरी राष्ट्रको शैक्षिक प्रणाली, सामाजिक, भौगोलिक, उनीहरूको आर्थिक र जनजिवन अवस्था लगायतको विषयका जानकारी सहितको दृश्य समेत देखाइएको थापाले जानकारी दिए ।

सहजकर्ता थापाले बताए अनुसार विद्यालयको समितिका पूर्व अध्यक्ष मातृका प्रसाद ढुंगानाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको समन्वय विद्यालयका सहायक प्रधानाध्यापक मनोज मोक्तानले गरेका थिए ।