विश्वभरी फैलिएको कोरोना महामारीले थलिएको  नेपाली चलचित्रको अवस्था अहिले सम्मपनि धारासायी बनेको छ ।

नेपाली कलाकर्मीहरुले निकै हिम्मत गरेर नेपाली चलचित्र निमार्ण गरेपनि थोरै चलचित्रले मात्रै दर्शकहरु पाएको छ भने अधिकांस नेपाली चलचित्रले लगानी उठाउनै नसकेको अवस्था रहेको छ ।

नेपालमा पछिल्लो समय हिन्दी भाषामा डब गरेका साउथ फिल्मले बजार लिएको छ भने नेपाली चलचित्रको अवस्था पानी बिनाको माछा जस्तै भइरहेको छ ।

नेपाली चलचित्रको अवस्था यस्तो हुनुले पछिल्लो समय नेपाली चलचित्र निर्माण हुन नसक्दा सँयौ बेरोजगारी बढ्ने संकेत दिनहुँ बढेको निर्माण टोलीहरु बताउछन् ।

उनिहरु भन्छन् चलचित्र निमार्णमा जाँदा धेरै स्वरोजगारी हुन्छन् । तर, निर्माण भएन भने  निर्माता, निर्देशक, कलाकार, लाइटमेन,  छाँयाकार, प्रविधिक ,मेकअप, चालक लयगायत अधिकांस व्यक्तीहरु  रोजगारीबाट बञ्चित भइरहेका छन् ।
अरोबौं लगानीको बिदेशी चलचित्रको तुलना गर्दे नेपाली चलचित्रलाई पाखा लगाउंदा नेपालकै अर्थतन्त्र घाटामा गएको छ ।

यस्तो अवस्थामा पनि हिम्मतका साथ केहीले नेपाली चलचित्र निमार्ण गर्न पनि पछि परेका छैनन् भने यसैक्रममा नेपाली चलचित्र “सम्झना बिर्सना” पनि प्रर्दशनको तयारीमा छ ।

निमेश प्रधानद्धारा निर्देशित सम्झना बिर्सना असार ३१ गते प्रर्दशन हुने तयारीमा रहेको चलचित्रका कार्यकारी निर्माता सुवास भुर्तेलले बताएका छन् ।

चलचित्रले जेठ ६ गते प्रदर्शन हुने गरी ट्रेलर तथा गीत सार्वजनिक गरेपनि स्थानीय निर्वाचनका कारण प्रदर्शन मिति स्थगित गरेको थियो ।
अर्को उपयुक्त मितिमा चलचित्र रिलिज गर्ने जनाए अनुसारै प्रेम, रोमान्टिक, भावुक्ता, एक्सन रहेको नेपाली चलचित्रलाई नेपालका बिभिन्न हलहरुमा प्रर्दशन गर्न लागिएको बताएका हुन् ।

चिया बगानका मजदुरहरुले भोगेको पिडा जागिरको खोजीमा रहेकी युवती कर्मचारीको रुपमा काम गरेपछि आएको स्थिति र त्रिकोणात्मक प्रेमकथामा आधारित गायक, गीतकार र संगीतकार पनि निमेषनै रहेको  चलचित्र राम्रो बनेकोले दर्शकलाई भरपुर मनोरञ्जन दिने र मन जित्नेमा बिश्वास रहेको कार्यकारी निर्माता भुर्तेलले बताए ।

निमेश प्रधान द्धारा निर्देशित नेपाली चलचित्र सम्झना बिर्सना कथा,पटकथा समेत प्रधानकै रहेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, छुल्थिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पूजा र आकाश करीब चार वर्षपछि पुनः ठूलो पर्दामा एकसाथ देखिँदैछन् ।

अदित्य फिल्म्सको प्रस्तुती र अदित्य प्रधान, रेबेका प्रधानको निमार्ण रहेको छ ।बुढा सुब्बा डिजिटल प्रा.लि.को आधिकारीक युट्युब च्यानलमा ट्रेलर सर्वजनिक समेत गरिएको छ ।