हेटौंडा – मकवानपुर जिल्ला कार्यसमितिको  सभापतिको पदमा मकवानपुरका जयराम लामिछानेले उम्मेदवारीको घोषण गरेका छन् ।

काँग्रेस प्रति जनतालाई आकर्षित गर्न, जनताको सुख दुःखमा साथ दिन नागरिकसँग नियमित संवाद गर्दै जनमैत्री पार्टी निर्माणमा जुट्न आफ्नो उम्मेदवारी रहेको लामिछानेले बताएका छन् ।
हेटौंडा–२ पल्पसारोडमा आज बुधाबार सोनाम ल्होछार पर्वको शुभअवर पारेर सचिवालयको शुभमुरहतको उद्वघाटन गर्दै यस्तो बताएका हुन् ।
विपिको मार्ग निर्देशनको पालना अनुसार काम गरेको र सधै काम गर्ने भन्दै प्रतिवद्वता पत्र सहित चुनावी मैदानमा आएको घोषण गरेका हुन् ।

 

– नेपाली काँग्रेसलाई गतिशील, उर्जावान बनाउन र नयाँ कार्यदिशा दिन नयाँ कार्यक्रम सहित कार्यकता  प्रशिक्षणलाई प्राथमिकता दिने।

– विधि, विधान र नीति सम्मत् पार्टी सञ्चालन र पार्टी भित्र कार्यकर्ताको मूल्याङ्कन मापदण्डको विकास गर्ने – नेपाली काँग्रेसका अग्रजकोसम्मान     र युवा पुस्तालाई प्रोत्साहित गर्ने ।

– पार्टीको वडादेखि जिल्ला समिति सम्म सूचना र प्रविधिको उच्चतम प्रयोग गरी पार्टीको नीति, विचार, सिद्धान्त र कार्यक्रमहरूलाई जनता           समक्ष पुयाउने।

– पार्टी संगठनलाई पारदर्शी बनाउँदै क्रियाशिल सदस्यहरूसँगै वडा समितिदेखि जिल्ला तहसम्मको जिम्मेवारीमा रहेकाहरुको अभिलेख             राखेर  क्रियाशिलता, क्षमता एवं योग्यताका आधारमा उचित मूल्याङ्कन जिम्मेवारी प्रदान र सम्मान गर्ने परिपाटीको विकाश गर्ने।

– संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सुदृढ गर्दै नेपालीलाई आर्थिक र सामाजिक रूपमा समृद्धशाली बनाउन नेपाली काँग्रेसको          नीति, विचार र सिद्धान्त अनुसार कार्यक्रमहरू गर्ने। – जिल्ला पार्टी कार्यालयलाई थप व्यवस्थित गर्दै सूचना प्रविधिमैत्री बनाउने।

– जिल्लाको दसैवटा पालिकामा पार्टी कार्यालय भवन निर्माण गर्न र भौतिक पूर्वाधार निर्माण गर्न जिल्ला समितिबाटआवश्यक संयोजन र पहल    गर्ने। 

– पार्टीको भातृ तथा शुभेच्छुक संघसंस्थाहरूलाई सशक्त र क्रियाशिल बनाउन प्रोत्सहित गर्ने । – नेपाली काँग्रेसलाई आगामी तीनै तहको               निर्वाचन : मार्फत जिल्लामा पार्टीको उपस्थिति सुनिश्चत र पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन सशक्तर प्रभावकारी भूमिका निर्वाह       गर्ने।

– पार्टीको प्रदेश र केन्द्रीय समितिसँग समन्वय गरी पार्टी सुदृढिकरण, शुद्धिकरण र गुटगत राजनिति न्यूनीकरण गर्न कार्यकर्ता र नेताबीच             समन्वयकारी भूमिका निर्वाह गर्ने। – जिल्लाको समानुपातिक र समग्र विकासका नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

– नेपाली काँग्रेस प्रति जनतालाई आकर्षित गर्न र जनताको सुख दुःखमा साथ दिन नागरिकसँग नियमित संवाद गर्दै जनमैत्री पार्टी निर्माण             अभियान सञ्चालन गर्ने।