हेटौँडा उपमहानगरपालिकामा रहेको केही सार्वाजानिक सौचालयमा समस्या देखिएको छ ।

वडा नम्बर १० बसपार्कमा रहेको सार्वाजानिक सौचालयको दृश्य बिजोक देखिएको छ । यात्रा गर्नेहरु देखि उक्त स्थानमा व्यवसाय गरिरहेका महिला र पुरुषहरु सार्वाजानिक सौचालयमा जाने गरेका छन् ।

सौचालयमा एकातिर महिला र अर्कोतिर पुरुषहरुको लागि सौचको व्यवस्था गरिएको छ भने महिला जाने तर्फ पर्दाले छेकिएको छ ।
भित्रीभागमा चुकुल भएतापनि त्यस सौचालयको महिला तर्फपनि हतारमा पुरुष
जाने गरेको समेत पाईन्छ ।

सौचगर्न जाँदा एकजना कुरुवा नराखि जानै समस्या हुने अवस्थाको सौचालय रहेको वरपरका महिलाहरुले गुनासो गरेका छन् ।
एक महिलाले भनिन् “महिला सौचगर्न जाँदा बाहिरी भागमा पर्दाका कारण निकै असहज हुन्छ  नगई हुदैन । बाध्यता छ । त्यसैले एकजना कुरुवा राखेर सौच गएकी हुँ । ”

सौचालयको सुल्क उठउने जिम्मेवारीमा रहेकी एक महिलाले भनिन् “केही समयमा भत्कने पनि हो धेरै दिन सम्म रहदैन ,पहिला ढोका थियो । भित्र जानेले चुकुल लगाएर बसेपछि निकै समस्या भयो । अनि बाहिरको ढोकामा पर्दा राखिएको हो । भित्र चुकुल छ । ”

जिम्मेवारीमा रहेका अर्का व्यक्तीले भने “हामीले रकम उठाएका छौँ अनि सम्बन्धित स्थानमा बुझाएका छौं । यो त बिजोकै हो । यसबारे कुरा गर्छौँ । ”

यसैक्रममा सुल्क तिरेर गईने सौचालयको अवस्था बिजोक भएकोमा ढोका लगाउन मिल्ने र व्यवस्थित बनाउने कुरालाई सम्बन्धित स्थानमा भन्नका लागि एक सवारी चालकले आग्रह गरे ।

यो विषय जरुरी रहेको बताउदै सार्वाजानिक सौचालयमा सबैले सुल्कै तिरेर जाने भएकाले महिलाको लागि केही व्यवस्थित गर्न तर्फ सम्कन्धितको ध्यान जानुपर्ने बताए ।

उनले भने “हामीले सुल्क तिरेरै जाने हो । सेवा पाएका छौँ तर, अलि व्यव्स्थित भएन ।”

त्यस्तै गरि हेटौँडा बासुदेवमार्गमा रहेको सार्वाजानिक सौचालयमा पनि केही समस्या देखिएको छ ।

यस विषयमा पनि एक महिलाले भनिन् “बाहिरीभागबाट हेर्दा खुल्ला देखिन्छ । सौच गर्न जाँदा भित्रि भागमा पुरुष हुन्छन् तर, पनि हामी सौच गर्न बाहिरी भागमा रहेको स्थानमा जान्छौँ । सौचलाय छ सहज छ तर, यसलाई केही व्यवस्थित गरेर अझ सहज बनाउने हो भने सुनमा सुगन्ध हुने थियो । ”