नेपाल उद्योग वाणिज्य महासंघका कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपाललाई सम्बृद्द बनाउन कृषि आवश्यक रहेको बताएका छन्।

बागमती प्रदेश मुख्यमन्त्रीका बिज्ञ सल्लाहकार र सफल व्यवसायीक समेत रहेका सुमार्गीले एन.आर.एन.ए. एन.सि.सि.  युनाईटेड अरब ईमिरेट्सको आयोजनामा दुबईमा आयोजित अन्तक्रिया कार्यक्रम यस्तो बताएका हुन् ।

उनले नेपालमा आर्थिक संकट भनेर अनावाश्यक हल्ला फैंलाएको भएपनि सिमित व्यक्ति र समुहको स्वार्थको लागी गरिएको निराधार प्रचार भएको बताए ।

पारिवारिक तथा व्यवसायिक भ्रमणको क्रममा युएईमा पुगेका सुमार्गीले अब स्वदेशमा नैं रोजगारको सिर्जना हुने र कृषि क्षेत्रमा भएका सम्भावना भएकालेदेशलाई आर्थिक रुपमा बलियो बनाउनका लागि पनि कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

कृषिमा आत्मनिर्भर हुने गरि नेपाली उत्पादन विश्वबजारमा पुग्ने र उपभोग गर्न पाइने सुमार्गीले बताए ।

संगै मकवानपुर उद्योग बाणिज्य संघ महिला उद्यम विकास सभापति अङ्किता सुमार्गीले दुबईमा काम गर्ने महिला कामदारको बिषयमा चिन्ता र चासो व्यक्त गर्दै सुरक्षाको अनुभुत हुने बतावरण बनाउनु पर्ने बताईन् ।

नेपालमै उद्यममा लाग्नुपर्नेमा जोड दिदै नेपालमा नैं सिप सिकेर धेरैं काम गर्न सकिनेर अबको समयमा नेपाल फर्किएर उद्यमी बन्न आग्रह गरिन् ।

कार्यक्रममा एन.आर.एन.ए. एन.सि.सि. युनाईटेडका संयोजक बिभिन्न प्रतिनिधि संस्थापक युएईका सरोकारवाला बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।