हेटौंडा । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा हुन लागेको १० औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सूर्यनगर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी सहभागी हुने भएका छन् । श्री नव युवा क्लबको आयोजनामा तथा बर्दघाट नगरपालिकाको संरक्षणमा भोलि शुक्रबारबाट प्रतियोगिता सुरु हुनेछ ।
भोलि शुक्रबार हुने उद्धाटन खेलमा हेटौंडा फुटबल एकेडेमीको टोलीले चितवन जिल्लाको हार्दिक युवा समाजको टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी गराएका छन् । बर्दघाट १६ स्थित सूर्यनगर रंशगालामा हुने प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको प्रशिक्षक भीम लामाले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै,विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

























प्रतिक्रिया दिनुहोस्