बागमती प्रदेशको राजधानी हेटौडामा सडक सुरक्षा सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
माधव न्यौपानेको अध्यक्षतामा हेटौडा उपमहानगरपालीका वडा नं ४ स्थित रोयल पार्टी प्यालेसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेशनल रोड सेफ्टी काउन्सिल नेपालको आयोजनामा सम्पन्न भएको हो ।
नासा नेपाल र सुरक्षित यात्रा अभियान नेपालको संयोजन, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड सेफ्टी, मेम्बर अफ एफ आइ ए तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको समन्वयमा आयोजित सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
नासा फाउण्डेसनका महासचिव गोबिन्द भटराईले सडक दुर्घटनाको अवस्था र मानवीय क्षतीको नियन्त्रण गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।
विशेष युवापिडीहरु तिर केन्द्रित सो कार्यक्रममा प्रदेशका पेशागत, व्यवसायिक, इन्जिनियर, सन्चारकर्मी, सामाजिक क्षेत्रको प्रतिनिधीहरु तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो भने पूर्वाधार निति, कार्यक्रम तथा सुरक्षीत यातायातको दीर्घकालिन योजनाका लागी सुझावहरु समेत प्रस्तुत भएका थिए।
कार्यक्रमको अन्तिममा न्युनिकरणमा सामाजिक संघ संस्थाहरुको भुमिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयको भुमिका दस प्रतिशत मात्रै हुन्छ । बाँकी सम्पुर्ण जिम्मेवारी हामी आम नागरीकले निती, नियम, मापदण्ड बुझेर उपयोगी र प्रयोगात्मक सुरक्षाका कुराहरुलाई सिक्ने सिकाउने कुरामा जोडदिनुपर्ने अधिकारकर्मी रिमा बिसीले बताइन् ।
कार्यक्रमले सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई, प्रदेशको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थनको अपेक्षा राखेका छ ।



























प्रतिक्रिया दिनुहोस्