हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ ले बालमैत्री वडा घोषणाको वार्षिकोत्सव मनाएको छ । शनिबार एक समारोहकाबीचमा हेटौंडा–८ ले विविध कार्यक्रमसहित बालमैत्री वडा घोषणाको वार्षिकोत्सव कार्यक्रम मनाएको हो । गएको असार महिनाको २९ गते हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाहरुमा हेटौंडा–८ पहिलो निकृष्ट बाल शोषणमुक्त वडा घोषणा भएको थियो । बलमैत्री स्थानीय शासनयुत वडा घोषणाको अवसरमा शनिबार एकदिन पहिले ८ नम्बर वडा कायालयले प्रतिभा प्रतीभा दर्शनी विदाई,सम्मान कार्यक्रमको आयोजना गरेर पहिलो वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
बालमैत्री युक्त वडाको रुपमा घोषणा भएको दिन आज आइतबार भएतापनि बालबालिकाको पढाइ र केही बालबालिकाको परीक्षा सञ्चालन भएकोले एक पहिले कार्यक्रम गरेको थियो । आइतबार हेटौंडा–८,स्थितनिम चोकमा दिप प्रज्वलन गरेर बार्षिकोत्सव कार्यक्रमको समानप गरिने छ । हेटौंडा उपमहानगरपालिकाका नगरउपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता तथा कायक्रम सञ्जालकी अध्यक्ष सुप्रिया मोक्तानको सभाध्यक्षता उद्घाटन भएको हो ।
वडा दिगोपनामा महत्वपूर्ण योगदान पु¥याउने विमला कठायत, लागूपदार्थ दुव्यर्सनी तथा साईबर अपराध न्युनिकरण कार्य ,विण्णु अजेल बर्षभरी हल र टेण्ट बालबालिका लागि निःशुल्क उपलब्धता गराउने प्रतिभा डंगोल, बाल समुहलाई निःशुल्क बाल पुस्तकालय ,रोजिता दंगाल वडा दिगोपनामा उल्लेखनीय कार्य पदबाट सम्मान गरिएको छ । यस्तै, २ वर्ष पूरा भएर बाल समूह संजाल पुनःगठन भएको हुँदा नयाँ सदस्य सम्मान र पुरानो सदस्य विदाई, पहिलाको संजालमा रहेर उत्कृष्ट कार्य गर्ने ८ जना आशिका गुरूङ,हामिद अलि,प्रकृति भण्डारी ,प्रागना पौडेल,कश्यप तिवारी,याङकी घिसिङ ,अनिल कोईराला ,प्रतुसा थापा सदस्य बालबालिकालाई समेत मायाको चिनो र सम्मान पत्रबाट सम्मान गरिएको छ ।
८ नम्बर वडा दिगोपनामा बालबालिका निरन्तर लागिरहेकोमा नगर उपप्रमुख राजेश बानियाँले खुशी व्यक्त गरेका छन् । बालमैत्री वडा घोषणामा मात्र नभई दिगोपना र अर्थपूर्ण सहभागितामा ८ नम्बर वडा अगाडि रहेर काम गरिरहेको उनले बताए । गौरिगंगा नगरपालिका ,कैलाली जिल्ला, नगरकोट नगरपालिका लगायतको क्षेत्रबाट वडाभित्र पदाधिकारीहरु अवलोकन गर्न आएको उनले बताए ।
कार्यक्रममा महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने ,ईलाका प्रहरी कायालय पशुपति नगर प्रहरी निरीक्षक विमला कठायत,बाल कल्याण अधिकारी विना थिङ, वडा अध्यक्ष राम कृण्ण थापा, कार्यपालिका सदस्य मन्जु भुर्तेल, वडा सदस्य रिता मंग्राती,नगरबाल समूह सञ्जालका अध्यक्ष सुदान्सु थापा,माईती नेपालका मन लामाको आतिथ्यता रहेको कार्यक्रममा वडाभित्रका २१ वटा बाल समूहका अध्यक्ष ,संरक्षक अभिभावक,टोल विकास संस्था ,आमा समूह,बालअधिकार समिति लगायतको पनि सहभागिता रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्