हेटौंंडा । हेटौंडामा जारी पाँचौं मेयरकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा हेटौंडा–१८ प्रवेश गरेको छ । शनिबार हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको दोस्रो खेलमा हेटौंडा–१७ लाई १–० गोलले हराउँदै हेटौंडा–१८ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । हेटौंडा–१८ बाट राजेश पाण्डेले पेनाल्टी सुटआउट मार्फत पहिलो गोल गरेका थिए । उक्त गोल निर्णायक गोल बन्न पुग्यो । म्यान अफ द म्याच हेटौंडा–१८ का साजन लोप्चन घोषित भएका छन् ।
प्रतियोगिता अन्तर्गत भोलि आइतरबाट क्वार्टरफाइनल चरणका खेलहरु सञ्चालन हुने आयोजक नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले बताए । पहिलो खेलमा हेटौंडा–३ र हेटौंडा–८ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–१० र हेटौंडा–१५ बीच प्रतिस्पर्धा हुनेछ ।


















प्रतिक्रिया दिनुहोस्