मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनारले आफ्नो जग्गा फिर्ता गराई पाउँ भनि अपिल गरेका छन् ।
सोमबार हेटौडा उपमहानगरपालीका का मेयर मिना लामा,उपमेयर राजेश बाँनिया र जिल्ला समन्वय समितिका प्रमुख ललित घलान समक्ष अनुरोधपत्र सहित सहयोगको अपिल गरेका हुन्।
आफुनो बाबुको नाममा रहेको जग्गा व्यवसायको लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ बस्ने नियमराज शाक्य बाट ब्यवसायको रु.५०हजार रुपैंया ऋण लिनका लागि दृष्टि बन्धक रोक्का राख्ने भनि पछि रकम बुझीलिएका बखत जग्गा फकुवा गर्नेछु भनिएको तर, राजीनामाको लिखत लेखीएको दृष्टिबन्धकी भनिएपनि राजीनामा लिखत गरी राखेको अवस्थामा रहेको सुनारको भनाई छ ।
परिवारको शान्ती सूरक्षाको उचित प्रबन्ध गराईदिन र उक्त पैतृक हकभोगको सम्पत्ति बिपक्षीबाट फिर्ता दिलाई पाउँनकालागि अपलि गरेको बताए ।
पिता पदम लाल सुनारको २०६३ सालमा मृत्यु हुँदाको समय सम्म रकम चुक्ता गरी रोक्का फुकूवा गर्न पटक पटक प्रयास गरी आएकोमा मालपोत कार्यालयमा गई एक पटक राजिनामाको लिखत लेखाई सके पश्चात रकम बुझीलिई जग्गा फिर्ता गर्नुपर्नेमा पछि ब्याजको बिषयमा बिवाद गरी मोठ रोक्का भिडाई जग्गा भने फिर्ता नदिई गएको सुनार बताउछन् ।
सुनार भन्छन् “धितो स्वरुपको जग्गा हामीलाई नामसारी गरीदिनु तिर्नुपर्ने रकम चुक्ता गर्छु भनि अनूरोध गरपेनि बिभिन्न बाहानामा टार्ने गर्नु हुन्छ।”














प्रतिक्रिया दिनुहोस्