हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामाले टिकट पाएकी छन् ।
नेकपा एसले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन शनिबार बसेको बैठकमा हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर लामा कुमारी लामा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा उम्मेदवार हुने भएकी हुन् ।
एस हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले हेटौंडाको मेयर पदका लागि उपमेयर लामा र एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलका नाम सिफारिस गरेको थियो ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले नेपाली काँग्रेस, माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् ।
हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिइसकेकी छन् ।























प्रतिक्रिया दिनुहोस्