बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालकामा रहेकोको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ ।
मकवानपुरको हेटौंडा रहेको मदन भण्डारी विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा आइतबारदेखि सिटीस्क्यान सेवा सुरु भएको हो।
निजी क्षेत्रका अस्पतालमा महँगोमा सेवा लिइरहेका विरामीका लागि हेटौंडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछी बिरामीलाई सेवा लिन सहज भएको छ ।
बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले बताएका छन् ।
हेटौंडा अस्पतालमा दैनिक ३० जनासम्म बिरामीका लागि सेवा दिन मिल्ने गरी सिटीस्क्यान मेसिन सञ्चालनमा आएको हो ।
पहिलो दिन नै ८ जनालाई सेवा दिएर सेवा सुरु गरेका छौं । दैनिक ३० जनासम्म सेवा दिनसक्ने क्षमता यो मेसिनले राख्छ । हेटौंडामा औसतमा दैनिक १५ जनालाई सेवा दिनुपर्ने अनुमान गरेका छौं’ चौलागाईंले भने ।
हेटौंडा अस्पतालमा सिटी स्क्यान नहुँदा बीमाबाट उपचार गराउने अन्यत्र जानुपर्नेअवस्था रहेको थियो भने सिटी स्क्यान सेवा संगै अब छिट्टै एमआरआई सेवा पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।
प्रतिष्ठान अन्तरगर्तको हेटौडा अस्पतालमा हेटौंडा अस्पतालमा अब मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न पनि आवश्यक प्रक्रिया अगाडि बढाइएको चौलागाइले बताए ।
भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।
…………..
सिटीस्क्यान सेवा सुरु भएपछि हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईं, रेडियोग्राफी टेक्नोलोजिष्ट ७ औं तह काजोल झा र रेडियोलोजिक टेक्नोलोजिष्ट रुपेश सिलवालसंग सिटीस्क्यान सेवा बारे प्राविधक पक्ष र सेवाबारे केही कुराकानी गरिएको छ ।
जानकारीका लागि भिडियो हेर्नुहोस् ।
Hetauda Hospital।सेवा थपिदै अस्पतालमा ।सुरु भयो सिटि स्क्यान।Utsab Chaulagai।हेटौंडामा यस्तो बन्यो।
……….














प्रतिक्रिया दिनुहोस्