हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा तेस्रो संस्करणको बृहत् वडास्तरीय खेलकुद महोत्सव सुरु भएको छ । वडा नम्बर–४ को शैक्षिक गुणस्तर सुधार समितिको आयोजनामा हेटौंडा–४,स्थित हुप्रचौरमा सुरु भएको तेस्रो वडास्तरीय खेलकुद महोत्सवको उद्धाटन संविधान सभा सदस्य अन्नतप्रसाद पौडेलको प्रमुख आतिथ्यमा तथा शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालको सभाध्यक्षमा भएको हो । वडास्तरीय खेलकुद महोत्सवमा नगरस्तरीय, फुटबल, भलिवल, क्रिकेट, बाँस्केट बल, वडास्तरमा टक अफ वार, एथलेटिक्स, हाजिरी जवाफ, वक्तृत्वकला, हिज्जे, बादविवाद, कविता, क्वीच प्रतियोगिता सञ्चालन भएको थियो ।

खेलकुद महोत्सवको उद्धाटन समारोहमा र्‍यालीको पनि अयोजना गरिएको थियो । कार्यक्रमका सभापती तथा शैक्षिक गुणस्तर सुधार समितिको संयोजक श्रीराम दाहालले महोत्सवमा विभिन्न प्रतियोगितामा १२ विद्यालय सहभागी भएको र प्रतियोगिताका ३ सय भन्दा बढी विजेता पुरस्कृत हुने बताए । विजेताहरूलाई यहि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुरस्कार वितरण गरिने खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिएका छन् ।
संविधान सभा सदस्य पौडेलले वडा कार्यालयले भौतिक पूर्वाधारका साथै खेलकुद तथा शिक्षालाई प्राथमिकता दिएकोमा खुशी ज्यक्त गरेका छन् । यस्ता प्रकारका कार्यक्रमले शारिरीक र मानसिक रूपमा विकास गर्न सघाउ पुर्याउने पुर्याउने र उत्कृष्ट खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा वडाको प्राथमिकता रहेको बताउँदै शिक्षा र खेलकुदलाईसँगै लैजान पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष राजकुमार मोक्तान, टोल विकास संस्था नगर समन्वय समितिको महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमीरे लगायतले शुभकामना मन्तव्य राख्नु राखेका थिए । कार्यक्रममा श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, टोल विका संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँलगायतको आथित्यता रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी