मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगितामा
सिमराको नव जनजागृति क्लबले विजयी सुरुवात गरेको छ ।
विहिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरपालिकाका पूर्वमेयर हरि बहादुर महतले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए।
जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता रहेका छन् भने आज सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब बीच खेल भएको हो
…………………….
आयोजकले जानकारी दिए अनुसार यस संस्करणमा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहनेछ भने नेपाल आर्मी क्लब, ए.पी.एफ. क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, चर्च ब्वाइज क्लब, विदेशी टोली एभिनियर एफ.सी., बागमती युवा क्लब, बि.एफ.सि.चितवन, नवजन जागृती युवा क्लब र घरेलु टोली विजय युथ क्लब सहभागी रहने छ ।
करिब एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको खेलमा खेल नक आउटको आधारमा खेलाईने प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने छन् ।
विजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्ने र उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्ने छन् ।
त्यस्तै गरि विधागत उत्कृट प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५, २५ हजार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुलअफ म्यानेजम्यान्टले उपलब्ध गराएको बुलेट बाइकप्रदान गरिने कार्यक्रम संयोजक प्रताप विष्टले बताए ।
साथै हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्ने बताए।














प्रतिक्रिया दिनुहोस्