हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले व्यवसाय राजश्व (व्यवसाय कर) अधिक वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले बिरोध गरिरहेको छ ।

पाँच दिने आन्दोलनको कार्यक्रम तय गरे अनुसार आज शुक्रबारबजार क्षेत्रका पसल, व्यवसाय बन्द गरेर उपमहानगरकी मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँलाई उद्योग बानणिज्य संभको नेतृत्वमा पसलकोसाँचो बुझाएका छन् ।

राजश्व वृद्धिको विरोध गरेको जनाउँदै नमूना साँचो हस्तान्तरण गरेका हुन् ।

व्यवसायीको हकहितमा काम गर्नुपर्ने उपमहानगरले अन्याय गरेको र आफुहरुको माग सुनुवाइ नभएकाले उस्तमो गरिएको जनाइएको हो ।

गएको सोमबारदेखि सुरु गरेको पहिलो चरणको आन्दोलन समेत समापन भएको जनाएको छ ।

आर्थिक मन्दी र व्यवसायी चौतर्फी मारमा परेका बेला उपमहानगरले एकतर्फी राजश्व वृद्धि गरेकाले व्यवसायीहरु माग सुनुवाइ हुनुपर्ने मागको सर्मथन रहेको बिभिन्न राजनीतिदलले पनि उल्लेख गरिरहेका छन् ।

व्यवसायीको आन्दोलनसँगै बहुमत नगरसभा सदस्यले विशेष नगरसभाको माग समेत गरेको छ ।
व्यवसायीहरुले राजनीतिक दल, प्रशासन, प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्री समेतलाई ध्यानाकर्षणपत्र बुझाइसकेका छन् ।
यसैबीच आज व्यवसायी र उपमहानगरबीच वार्ता हुने भनिएको छ ।

राजेश गरिब
थप जानकारी