हेटौंडा । छोरीको सम्झनामा हेटौंडा -४ निवासी रबिन्द्र डंगोल र संगिता जोशी डंगोलले हेटौंडा–५ स्थित `हाम्रो घर’ बालगृहलाई खाद्यान्न सहयोग गरेका छन् ।
छोरीको पुण्यतिथीको अवसर पारेर उनीहरुले बालगृहलाई १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।
९ वर्ष अगाडि १३ वर्षको उमेरमा ब्लड क्यान्सर भएर मृत्यु भएको छोरीको सम्झनामा प्रत्येक वर्ष विभिन्न सहयोगहरु गर्ने गरेको रबिन्द्र डंगोलले बताए।
बालगृहमा १० बालिकासहित २७ जनाले आश्रय लिइरहेका अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिइन् ।
यस्तै सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको बताइन् ।
……………………….
स्रोत प्रदेश सञ्चार














प्रतिक्रिया दिनुहोस्