हेटौँडा भेट्रान्स क्लबको आयोजनामा नवौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन आयोजनको आयोजना गर्दै फागुन २२ देखि २६ गतेसम्म हेटौंडा–४ स्थित हुप्राचौरको मैदानमा ५ दिनसम्म हुने जानकारी गराइएको हो ।

प्रतियोगितामा ४५ वर्ष पुरा भएका खेलाडीहरुले सहभागिता जनाउन पाउने र दुईजना खेलाडी अनिवार्य ५० वर्ष माथिको हुनुपर्ने बताइएको हो ।

आयोजकले दिएको जानकारी अनुसार २२ वटा क्लबहरूको सहभागीता रहने छ ।

प्रतियोगितामापर्सा, बारा, चितवन, पोखरा, रूपन्देही, काठमाडौं, नवलपरासी र हेटौंडाका क्लवहरु रहने भएको र विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

त्यस्तै बिधागत पुरस्कारमा सर्वश्रेष्ठ प्रशिक्षक, सर्वश्रेष्ठ फर्वाड, सर्वश्रेष्ठ सर्वश्रेष्ठ फर्वाड, सर्वश्रेष्ठ गोलरक्षक, सर्वश्रेष्ठ डिफेन्स, सर्वश्रेष्ठ मिड फिल्डर, म्यन अफ द म्याचलाई जनही ५ हजार रुपैयाँ र म्यान अफ दि सिरिजलाई १० हजार दिइने प्रशान्त पाख्रीनको संयोजनमा हुन लागेको प्रतियोगिता सम्पन्न गर्न करिब१३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको भेट्रान्स कार्यवाहक अध्यक्ष नवराज बज्राचार्यले बताएका छन् ।

कार्यक्रममा हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष विष्णु बहादुर दहाल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।