मकवानपुर –  बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका छन् भने आफुले गर्ने कामको कार्ययोजना अघि सारेका छन् ।

यसैक्रममा नेकपा एमालेको तर्फबाट मकवानपुरको बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखेले उम्मेदवारी दिएकी छन् ।

जनताको अधिकारकालागि उपाध्यक्षमा रहेर ५ वर्षकाम गरेको अनुभले थप काम गर्न अध्यक्ष पदकालागि अघि सरेको बोलखेले बताई ।

आफु उपाध्यक्षमा रहेर काम गर्दापनि पालिकाकासीहरुको घरघरको आगमा पुगरे समस्या गुनासोको समाधान गर्न सफल भइएको बताएकी हुन् ।

उनले पालिकामा बिभिन्न स्थानमा बालबिवाह रोक्न घरेलु हिंसाको घटना रोक्न देखि महिला पुरुषमा समान्ता स्थापित गर्न  बालमैत्री घोषण गनै सफल भइएको बताईन् ।

यसैक्रममा पालिकको कुना कन्दरामा पुग्दा जनताको समस्या पालिकाको कठिनाईहरुसंग प्रतक्ष सम्बन्ध भएकाले चाहाना हुना हुदाहुदै पनि गर्न बाकी रहेको काम उपाध्यक्षको अनुभव मिसाएर अध्यक्ष बनेर काम गर्न उम्मेदवारी रहेको बताईन् ।

बोलखेले भनिन् “एमाले जनताकै प्रतिनिधित्व गर्ने सच्चा पार्टी हो । म यही पार्टीको तर्फबाट उम्म्ेदवार हुँ । म हिजो पनि जनतकैलागि काम गर्दै आएकी छु । भोली पनि काम गर्छु । मलाइ विश्वास छ पालिकाबासीले मलाई सर्मथन गर्नुहुन्छ ।”

 

 

अध्यक्ष पदको लागि नेकपा एमालेबाट सरला बोलखे,नेपाली कांग्रेसबाट धर्म लामिछाने,नेकपा माओवादी केन्द्रबाट लक्ष्मी माझी,नेकपा मालेबाट कुमार बहादुर संजले,नेकपा (एकिकृत समाजवादी) बाट नारायण तिमल्सिना,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राम प्रसाद दाहाल,जनता समाजवादी पार्टीबाट मान बहादुर माझी र स्वतन्त्रबाट कृष्ण घिमिरेले उम्मेद्वारी दिएका छन् ।