पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ।
बुर्किना फासोको खानी व्यवसायी संघको अनुसार बिहीबार दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान उनीहरू खानीमा काम गरिरहेको समयमा खानीभित्र पहिरो जाँदा उनीहरू खानीमा फसेका थिए।
स्थानीय सुनखानी व्यवसायी संघका अधिकारी अबासे डेर्राका अनुसार हाउन्डे सहर नजिकैको खानीमा उनीहरू फसेका थिए। खानीमा काम गरिरहेका कामदारमध्ये अझै केहीलाई जीवित उद्धार गर्न सकिने विश्वाससहित थप श्रमिकको उद्धार प्रयास जारी रहेको छ।
‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ’, संघका एक सदस्य मौसा ओएड्राओगोले भने।
बुर्किना फासोको सुन खानी स्थलहरूमा बारम्बार पहिरो खस्ने गरेको छ, जहाँ स्थानीय समुदायहरूले थोरै लाभ पाउने गरेका महसुस गर्छन्, बताउने गरिएको छ।
बुर्किना फासोमा १७ वटा औद्योगिक खानीले प्रतिवर्ष करिब ७० टन उत्पादन गर्ने गरेको छ। यहाँबाट युरोप, अमेरिका, चीनलगायतका विश्वका विभिन्न गन्तव्यमा सुन निर्यात हुनेगर्छ।
खानी मन्त्रालयका अनुसार अनौपचारिक खानीले हरेक वर्ष १० टन सुन उत्पादन गर्छ भने करिब १५ लाख मानिसलाई रोजगारी दिन्छ।























प्रतिक्रिया दिनुहोस्