सहयोगको सामाग्री प्रदर्शनी गर्दै खेलाडीहरु ।

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानी युथ क्लबलाई खेलकुद सामाग्री सहयोग गरेको छ । मंगलबार एक समारोहकाबीचमा सिम्पानी देवकोटा सामुदायिक वन उपभोक्ता समितिले आवश्यक खेलकुद सामाग्री सहयोग गरेको हो । वन उपभोक्ता समितिले सिम्पानी युथ क्लबलाई १८ थान जर्सी र ७ थान फुटबल सहयोग गरेको खेल संयोजक प्रकाश लामाले जानकारी गराएका छन् ।

सहयोगको सामाग्री सिम्पानी क्लबका अध्यक्ष अञ्जान सिङ्तानलाई हस्तान्तरण गरिएको खेल संयोजक प्रकाश लामाले बताए । सामाग्री हस्तान्तरण कार्यक्रममा क्लबका खेलाडी, वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।