हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस प्रणालीमार्फत उपकुलपतिको नियुक्ति गरेको भन्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी (नेवि)संघले आपत्ती जनाएको छ । बुधबार त्रिभुवन विश्वविद्यालयका समितिका सभापति विष्णु विश्वविद्यालयका अन्तर्गतको क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको समयमा प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गरेको भन्दै नेविसंघले आपत्ती जनाएको हो । त्रिभुवन विश्वविद्यालयमा मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनुपर्ने माग गर्दै आएको छ ।
स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै प्रा डा दीपक अर्याललाई उपकुलपति नियुक्तिले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक संस्था नभई राजनीतिक प्रयोगशालाको रूपमा परिणत गरिएको अनुभूति जनाउँदै सिफारिसको भरमा गरिने राजनीतिक नियुक्तिहरूलाई अस्वीकार गर्ने जनाएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिका लागि स्पष्ट कार्यविधि अवलम्बन गर्नुपर्ने, योग्य उम्मेदवारबाट पारदर्शी प्रतिस्पर्धीका आधारमा मात्र उपकुलपति नियुक्त गर्नुपर्ने माग गरेका छन् । विश्वविद्यालयको नेतृत्वमा पुनः राजनीतिक हस्तक्षेप गरेर उपकुलपति नियुक्त गरेमा नेविसंघ सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।


















प्रतिक्रिया दिनुहोस्