रोशन दिप – लागूऔषध दुर्व्यसनीमा फसेका युवाहरुको जीवन रूपान्तरणमा योगदान गर्ने हेतुले स्थापना गरिएको सिआन पुर्नस्थापना केन्द्रलाई हेटौडा उपमहानगरपालिकाको ४ नं  वडाले रु ५००००‌ को डोर्मेटोरि बेड सहयोग गरेको छ ।

कयौ व्यक्तिहरुलाई शौलियत सँगै तथा कयौलाई निशुल्क रुपमा समेत उपचार परामर्श प्रदान गर्नमा योगदान दिएकै कारण हेटौडा उपमहानगरपालिका वडा नं ९ लामसुरे हाइटमा रहेको सिआन पुर्नस्थापना केन्द्रलाई हौसला प्रदान गर्न समन्वयत्मक रुपले सहयोग गरिएको वडा नं ४ प्रमूख नविन सिग्देलले बताउनुभयो।