वाग्मती प्रदेशका सांसद एबम् माओबादी कैन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले वाग्मती समयमा मल र विपद्कोष बनाउनको लागि माग ब्यक्त गर्नुभएको छ ।

आज वाग्मती प्रदेशसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद पौडेलले बाली लगाउने समय सुरु भएको भन्दै अहिलेदेखीनै मलको ब्यबस्थापनमा ध्यान दिन प्रदेशसभामा बोल्दै सुझाउनुभयो ।

उहाँले सिन्धुपाल्चोक लगाएत हिमाली जिल्लाहरु बर्षा सुरु भएसंगै जोखिममा रहने बताउदै समयमा नै विपद्कोष खडा गर्न समेत माग गर्नुभयो ।

जनताको सुरक्षाको लागि समयमा नै ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

यसको साथै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि दिर्गकालिन हिसावले रसायनिक मलहरुको प्रयोग गर्ने नमिल्ने र बिषेश क्षेत्रहरुलाइ अर्गानिक र प्राकृतिक कृषि प्रणाली मा लैजान बिषेश ब्यबस्था गरिनुपर्ने उहाँको भनाई रहेको छ ।

यसको साथै युवाहरुलाई रोजगारको ब्यबस्था गर्दै परम्परागत ब्यबसाय र शिपमुलक कामहरुलाई पनि प्रबर्दन गर्नुपर्नेमा सांसद पौडेलले जोड दिनुभयो ।