हेटौंडामा उपमहानगर वडा नम्बर १मा रहेको सन्चो हस्पिटल प्रा. लि.मा कार्यरत कर्मचारीहरुलाई अस्पतालले जीवन बिमा गरिदिएको छ ।

मकवानपुरमा रहि स्वास्थ्य क्षेत्रमा काम गरेर स्वास्थ उपचार सेवा दिएको हस्पिटलले आफ्नो अस्पतालमा कार्यरत कर्मचारीहरु निःशुल्क विमा गरिदिएको हो ।

कार्यरत कर्मचारीहरु र सेर सदस्यहरु गरि करिब ९५ जनाको जिबन गरेको हस्पिटलका अध्यक्ष बिजय पुडासैनीले जानाकारी दिएका हुन् ।

रिलायन्स लाईफ ईन्सोरेन्स लिमिटेडका एरिया म्यानेजर सुर्य गिरि र हस्पिटलका अध्यक्ष बिजय पुडासैनी हस्पिटलका म्यानेजर असोक कायस्था लगायतको उपस्थिति रहेको थियो ।