सडक दुर्घटनामा पाकिस्तानमा ८ जनाको मृत्यु, ३२ जना घाइते इस्लामावाद, ३१ साउन, (रासस-सिन्ह्वा) पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा मङ्गलबार यात्रुवाहक सवारी साधन पल्टिँदा आठ जनाको मृत्यु हुनाका साथै अन्य ३२ जना घाइते भएका छन् । उक्त दुर्घटना सो प्रान्तको सुक्कर जिल्लाको टोल प्लाजा पुग्नु अघि चालकले गाडीमाथि नियन्त्रण गुमाउँदा भएको थियो । मृत्यु हुनेमा चार महिला र दुई बालबालिका रहेका छन् । उनीहरू देशको उत्तरी स्वात जिल्लाबाट सिन्धको राजधानी कराचीतर्फ जाँदै गरेको बताइएको छ। थुप्रै यात्रुहरू दुर्घटना पछि गाडीमा फसेका थिए । पाकिस्तानी सेनाले उनीहरूलाई उद्धार गरेको बताइएको छ।रासस























प्रतिक्रिया दिनुहोस्