रोशन दिप – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिब महमद समीम सहितको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यालय व्यवस्थापन समितिको अधिकार वडाध्यक्षलाई दिन लागिएको व्यवस्था भएकाले त्यसलाई तत्काल सच्याउनु पर्ने माग गर्दै वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिदा विद्यालयको शैक्षिक गुणस्तर बिग्रदै जाने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्ममाथि प्रहार भएको कारण विद्यालय व्यवस्थापन समिति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागीताको अधिकार माथि हस्तक्षेप भएको, सामुदायिक विद्यालय अभिभावक, समुदायको हातबाट खोसिएको । समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउन यस्तो खालको व्यवस्था गरिएको आरोप लगाउदै ग्यापन पत्र बुझाएको हो ।

कुनै पनि सरोकाररवालाहरुसँग छलफल र परामर्श विना नै विधेयक तयार गरिएको भन्दै विद्यालय सञ्चालन र व्यवस्थापनमा समुदायको स्वामित्व र अभिभावकको नेतृत्व स्थापित गर्ने गरी हुनुपर्ने हो । त्यसैले तयार भएको त्रुटीपुर्ण विधेयक मस्यौदा प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जानकारी दिए। बुझाइएको सो ज्ञापनपत्रमा ५ बुँदे सुझाव पेश गरिएको छ ।