राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने हेटौडा आउने भएपछि निकै चर्चा चलेको छ ।

लामिछाने नेतृत्वको बागमती प्रदेशमा तय भएको भेला हेटौंडामा गरिने तयारीमा राखिएको ब्यानर नै च्यातिएको छ।

शुक्रबार दिउँसोका लागि स्वतन्त्र पार्टीको प्रदेश भेला तय भएको थियो।

हेटौंडाको रोयल पार्टी प्यालेसमा भेलाको तयारी गरिएको हो भने बुधबार साँझ कार्यक्रम प्रचारको लागि राखिएको ब्यानर बिहीबार च्यातिएको अवस्थामा फेला परेको हो।

हेटौंडामा हुन लागेको प्रदेशस्तरीय भेलाको प्रचार गर्ने उद्देश्यले हेटौंडाको विभिन्न स्थानमा भएको ५ वटा ब्यानर च्यातिएको अवस्थामा फेला परेको हो।
ब्यानर च्यात्नुको कारण थाहा नभएको र राजनीतिक हस्तक्षप गर्न र प्रचारप्रसार मन नपरेर च्यातेको हुनसक्ने लामिछाने पक्षहरुले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमले राजनीतिक दलले पार्टीको कृयाकलाप सञ्चालन गर्न पाउने उल्लेख गर्दै यस्तो कार्य गर्न नपाउने बताए ।

कसैले च्यात्ने फाल्ने काम गरेको पाइएमा नियन्त्रणमा लिइने एसपी गौतमले बताए।