हेटौंडा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मत गणना सम्पन्न भएको छ । शुक्रबार दिउँसो सुरु भएको मकवानपुर क्षेत्र नम्बर–२ को मत गणना आइतबार बिहान अनन्तःसम्पन्न भएको हो । आइतबार सम्पन्न भएको मत गणनाको नतीजा अनुसार ३० हजार ५० मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती मकवानपुर–२ मा विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार महेशकुमार बर्तौलालाई ११ हजार २ सय ४ मतले हराउँदै प्रशान्त उप्रेती विजयी भएका हुन् । मकवानपुर–२ का वर्तमान सांसद बर्तौलालाई हराउँदै रास्वपाका उम्मेद्वार उप्रेती विजयी भएर कान्छो सांसद बन्न सफल भएका छन् । जेनजी उमेहका उप्रेती २५ वर्षीय उमेर समूहका हुन् ।
काठमाडौं विश्वविद्यालयबाट लिडरसीप एण्ड म्यानेजमेण्टमा स्नाकोतरतह गर्दै गरेका उप्रेतीले पुराना दलका किल्लाहरुलाई सहजै पछि पारेका छन् । उनले नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टीलाई प्रभावशाली रुपले पछि पारेका छन् । २०७९ सालमा निर्वाचित प्रतिनिधीसभा सदस्य उनका आकांक्षी नेकपा एमालेका उम्मेद्वार महेशकुमार बर्तौलाले १८ हजार ८ सय ४६ मत ल्याउँदै पराजित भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वार बुद्ध लामाले १५ हजार ५६ सय मत ल्याउँदै गर्दा अर्का आंकाक्षी नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ४ सय ९२ मत मात्र प्राप्त गरेका छन् ।
उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङ्तान ६ हजार २ सय ३७
श्रम संस्कृति पार्टीका युनेश लामाले ९ सय ३२ र राप्रपाका रामबहादुर थोकरले ७ सय ८५ मत ल्याएका छन् ।
मकवानपुर–२ मा निर्वाचित उप्रेतीले लामो समयदेखि राजनीतिमा जीवन बिताएका नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित अन्य विभिन्न दललाई सहजै ढंगले पराजित गरेका छन् । मकवानपुरका दुबै क्षेत्रमा रास्वपाकै उम्मेद्वारले सुरुवाती चरणदेखिनै अग्रता रहँदा आएका थिए । मनहरी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय प्रशान्त उप्रेती पेशाले शिक्षक तथा होटल तथा पर्यटन व्यवसायी हुन् । मकवानपुरको दुई क्षेत्रमा कूल ५९ प्रतिशत मत खसेको थियो ।
मकवानपुर–२ मा दलीय र स्वतन्त्रगरी कूल २१ जनाको उम्मेद्वारी परेको थियो । स्वतन्त्र उम्मेद्वार बनेर काठमाडौं महानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका हाल रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग तत्कालीन समयमा उनको सचिवालयमा पनि काम गरेका थिए । त्यो समयमा उनले पर्दा पछाडि रहेर विभिन्न सामाजिक काम गरेको तर आफूमा पर्दा पछाडिको हिरो भएको कारणले कसैले नचिनेको उनले बताए । जनताबाट आएको मतको कदर गर्दै विकासको कामलाई राम्ररी प्राथमिकता दिएर अगाडि बढ्ने उनी बताउँछन् । मकवानपुरसँग अन्य विभिन्न जिल्लाको क्षेत्रहरु पनि घण्टीमय बनेको देखिएको छ ।
























प्रतिक्रिया दिनुहोस्