हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत जारी मत गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती अगाडि बढदै गर्दा नेकपा एमालेका महेशकुमार बर्तौलाले उनलाई पछ्याउँदै गएका छन् ।
रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर-२ मा उम्मेद्वार बनेका प्रशान्त उप्रेती भन्दा करिब ५ हजार मत अन्तरले एमालेका उम्मेद्वारले पछ्याइरहेका छन् ।
मकवानपुर-२ मा साँझ ६ बजे सम्मको नतीजा अनुसार पहिलो स्थानमा रहेका प्रशान्त उप्रेतीले १६ हजार ९ सय ६४ मत ल्याउँदा महेश बर्तौलाले आफ्नो मत बढाउँदै १२ हजार २ सय मतले दौडमा रहेका छन् ।
काँग्रेसका उम्मेद्वार बुद्ध लामा ११ हजार ३ सय ४४ मतसहित तेस्रो स्थानमा र नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट ९ हजार ५ सय ४५ मत ल्याएका छन् । उज्जयालो नेपाल सुरेन्द्र लामा ३ हजार २ सय २७ मत सहित पछि परेका छन् ।
























प्रतिक्रिया दिनुहोस्