हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जेनजी उम्मेद्वार प्रशान्त उप्रेती विजय भएका छन् । शुक्रबारबाट मत गणना सुरु भएर आइतबार बिहान ८८ हजार मत गणना सम्पन्न हुँदा रास्वपाका जेनजी उम्मेद्वार प्रशान्त उप्रेती करिब २९ हजार ९ सय मतसहित विजयी भएका हुन् ।
३ हजार मत गणना हुना बाँकि रहँदा उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार महेशकुमार बर्तौलाले १९ हजार २ सय ४१ मत ल्याउँदै पराजित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेद्वार बुद्ध लामाले १५ हजार ९७ मत ल्याउँदै पराजित भएका छन् । नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ६ सय २० मत मात्र प्राप्त गरेका छन् ।
मकवानपुर-२ मा मनहरी, भीमफेदी,राक्सिराङ्ग,कैलाश इन्द्रसरोबर र मकवानपुरगढीको ५,६,७ र ८ को मत गणना सम्पन्न भएको छ भने हेटौंडा-१,३,११ र १९ को सकिँदा ३ नम्बर वडाको मात्र मत गणना गर्न बाँकी रहेको छ ।
प्रशान्त उप्रेतीले लामो समयदेखि राजनीतिमा जीवन बिताएका नेपाली काङ्ग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित अन्य विभिन्न दललाई भारी मतले पराजित गर्दै विजय भएका हुन् । मनहरी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय प्रशान्त उप्रेती पेशाले शिक्षक तथा होटल तथा पर्यटन व्यवसायी हुन् ।
मकवानपुरको दुई क्षेत्रमा कूल ५९ प्रतिशत मत खसेको थियो । मकवानपुर-२ मा दलीय र स्वतन्त्रगरी कूल २१ जनाको उम्मेद्वारी परेको थियो ।
























प्रतिक्रिया दिनुहोस्