हेटौंडा । चौंथो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने भएको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा आज सोमबारबाट प्रतियोगिता सुरु भएको हो । हेटौंडा फुटबल एकेडेमीले भोलि मंगलबार हुने पहिलो खेलमा नवलपूर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । खेल दिउँसो ३ बजेबाट सुरु हुने एकेडेमीका प्रशिक्षक तथा अध्यक्ष भीम लामाले जानकारी दिएका छन् । प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ ।

रत्ननगर नगरपालिकाको टिकौली चौरमा हुने प्रतियोगिताको फाइनल खेल चौतको २ गते हुने प्रशिक्षक लामाले बताए । प्रतियोगिताको उपाधि विजेता महिला टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडी र ४ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ । रत्ननगर नगरपालिका वडा नम्बर–९,स्थित रत्न प्रिय क्लबको आयोजनामा, रत्ननगर नगरपालिकाको प्रयोजनमा तथा ९ नम्बर वडा कार्यालयको संरक्षणमा प्रतियोगिता सुरु भएको हो । पर्यटन कृषि खेलकुद हुन् पूर्वाधार, रत्ननगर नगरपालिकाको विकासको आधार भन्ने मूल नाराका साथ प्रतियोगिताको आयोजना गरेको क्लबले जानकारी दिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी