Rato Samachar
Tue, 21 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

यूक्रेन, सिरियासम्बन्धमा नेता पुटिन र एर्दोगानबीच भेटवार्ता

  • रूस–यूक्रेनबीच जारी युद्ध रोक्ने र सिरियामा नयाँ द्वन्द्वको सम्भावित अनुमानबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका समकक्षी रेसेप तैयप एर्दोगानबीच शुक्रबार भेटवार्ता हुनेभएको छ । वार्ता मुख्यतया रूसले गत फेब्रुअरीमा यूक्रेनविरूद्ध सुरू गरेको युद्ध रोक्ने र सिरियामा सम्भावित नयाँ द्वन्द्वलाई रोक्ने बिषयमा केन्द्रित हुने बताइएको छ । एर्दोगानले ‘ब्ल्याक सी’ को बाटो यूक्रेनी अन्न ढुवानी पुनः सुरु गर्न गरेको मध्यस्थतामा उत्कृष्ट कूटनीतिक सफलता पाएपछि उहाँ आफ्ना अधिकांश प्रमुख मन्त्रीहरूसहित १७ दिनपछि पुटिनसँग दोस्रो वार्ताका लागि सोची पुग्नुभएको हो । तर रूस–यूक्रेन युद्धका कारण तनाव जारी छ । गत महिना तेहरानमा पुटिनले एर्दोगानसँग उत्तरी सिरियामा कुर्दिश लडाकूविरुद्ध टर्कीको योजनामा बनाइएको कुनै पनि नयाँ आक्रमण रूस हेरेर नबस्ने बताउनुभएको सन्दर्भले पनि दुई नेताबीचको वार्तालाई महत्व दिने अनुमान गरिएको छ । विश्लेषकहरूको विचारमा यी तनावहरू ‘प्रतिस्पर्धात्मक सहयोग’को आधार हुन् जसले विगत २० वर्षमा दुई नेताहरूको सम्बन्धलाई परिभाषित गरेको छ । ती दुई नेताबीच गोप्य वार्ता हुने र सँगै भोज गर्ने अनुमान गरिएको छ । यूक्रेन माथिको रूसको युद्धले टर्कीको छविलाई प्रमुख भूराजनीतिक खेलाडीको रूपमा पुनः स्थापित गरेको छ र एर्दोगानलाई गत केही वर्षमा तुलनात्मक बढी महत्व दिएको युरोपेली काउन्सिल अन फरेन रिलेशन्सका अस्ली अयडिन्टस्बासले गत हप्ता सार्वजनिक एक प्रतिवेदनमा उल्लेख गरेका थिए । युक्रेनमाथि पश्चिमसँग मस्कोको ऐतिहासिक विवादको सामना गर्न नाटो सदस्य टर्कीले गरेको प्रयासको प्रतिफल हुन थालेको छ। महिनौंको टर्की प्रयासपछि मस्को र कीभले गत महिना इस्तानबुलमा युक्रेनी बन्दरगाहबाट अन्न वितरण पुनः आरम्भ गर्न संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौतामा हस्ताक्षर गरेका थिए । यूक्रेनबाट बुधबार पहिलो जहाजले इस्तानबुल हुँदै अन्न निर्यात गरेको थियो । युद्धको कारण विश्वव्यापी खाद्य संकट कम गर्न बनाइएका ऐतिहासिक सम्झौताअन्तर्गत टर्की, आयरल्याण्ड र बेलायतका बजारहरूका लागि तोकिएको थप तीनवटा जहाजहरूले शुक्रबार समुद्री यात्रा तय गरेका छन् । टर्की यस सफलतालाई पुटिन र यूक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीबीच इस्तानबुलमा भएको वार्तामा रूपान्तरण गर्न चाहन्छ । यस हप्ता एशियामा रूसी समकक्षी सर्गेई लाभरोभसँगको वार्तापछि टर्कीका विदेश मन्त्री मेभलुत काबुसोग्लूले भन्नुभयो,“खाद्यान्न निर्यात सम्झौता स्थायी युद्धविरामको अवसर हुन सक्नेबारे छलफल भएको बताएका थिए । रूसको सेनाले सिरियाली राष्ट्रपति बशर अल–असदलाई टर्कीद्वारा समर्थित समूहहरूको एक दशक लामो विद्रोहबाट बच्न मदत गरेको छ भने टर्कीको ‘राज्यविद्रोह’सँग सहकार्य गरेको दावी गरिएको कुर्दिस ‘आतंकवादी’ समूहसँग टाढा रहने मौजूदा बफर क्षेत्र विस्तार गर्न उत्तरी सिरियामा आक्रमण गर्ने चेतावनी एर्दोगानले दिनुभएको छ । यस बिषयले रूस र टर्कीबीचको सम्बन्धलाई फाटो पार्ने गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology