रोशन दिप –बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा युवा संगठन नेपाल, मकवानपुरका जिल्ला इन्चार्ज किरण अर्याल सहितको टोलीले सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई ज्ञापनपत्र बुझाएको छ ।
जारी ज्ञापनपत्रमा नजिकिदै गरेको चाडपर्वको मौका पारेर पछिल्लो समय बढ्दै गएको महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्ने, कालोबजारी, अखाद्य बस्तुको बिक्रीबितरण र कृतिम अभाव सृजना गर्नेहरुलाई नियन्त्रण र कार्बाही गर्न माग गरिएको छ ।
खाद्यान्न बस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको २० प्रतिशत मुनाफा भन्दा कैयौं गुणा मुनाफा लिने तथा म्याद सकिएका अखाद्य बस्तुहरुको बिक्रीबितरण गरेर जनताको जिवनसँग खेलबाड गर्ने खाल्का गलत कार्यलाई रोक्न माग गर्दै ध्यानाकर्षण गरिएको जनाएको हो।
जिल्ला इन्चार्ज किरण अर्यालको हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा निम्न्न मागहरु उल्लेख गरिएको छ
१ कृतिम अभाव सृजना गर्नेहरुलाई अध्यान, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन माग गर्दछौं ।
२ चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्बाही गर्न माग गर्दछौं ।
३ अखाद्य बस्तु म्याद सकिएका गुणस्तरहिन बस्तुहरुको बिक्रीवितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्न माग गर्दछौं ।
४ बस्तुको खरिद मुल्यको २०% मुनाफा लिन पाउने राज्यको नियम बिपरित सत प्रतिसत वा सो भन्दा बडि मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न माग गर्दछौं ।
५ यस कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीचकारी, लागूऔषध कारोबार, तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्न जोडदार माग गर्दछौं ।

























प्रतिक्रिया दिनुहोस्