Rato Samachar
Fri, 26 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

युक्रेनी युद्धबन्दीमाथिको आक्रमण छानबिन गर्न राष्ट्रसङ्घलाई आमन्त्रण

  • रूसले युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक अवस्थित सोधपुछ तथा हिरासत केन्द्रमा उच्चप्रविधियुक्त रकेट प्रणालीबाट गरिएकोे आक्रमणमा परी ५३ जना युक्रेनी युद्धबन्दीको मृत्युभएको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ । येलेनोभकामा सोधपुछ तथा हिरासत केन्द्रमा भएको आक्रमणको वस्तुनिष्ठ अनुसन्धान गर्न रूसी महासङ्घले औपचारिक रूपमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रसका अन्तर्राष्ट्रिय समितिका विशेषज्ञलाई आमन्त्रण गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी युद्धबन्दीलाई राखिएको ओलेनिभकाको हिरासतमा शुक्रबार बिहान युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको ‘हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम’का साथ गोलाबारी गरेको थियो । उक्त आक्रमणमा ४० युक्रेनी युद्धबन्दी मारिएका थिए भने ७५ जना घाइते भएका थिए । हिरासत केन्द्रका आठ कर्मचारीलाई पनि गम्भीर चोट लागेको थियो । रूसको क्षेत्रीय रक्षा निकायले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार उक्त आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने एकसय ३० जनाभन्दा बढी घाइते भएका छन् । रूसी रक्षामन्त्रालयले युक्रेनी आक्रमणलाई पूर्वनियोजित उत्तेजक काम भन्दै आफ्नो फौजले आत्मसमर्पण गर्न खोजेकाले उनीहरूलाई तर्साउन आक्रमण गरिएको बताएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आईसीआरसी० ले घाइतेहरूको उद्धारमा सघाउने बताएको छ । संयुक्त राष्ट्रसङ्घले पनि उक्त आक्रमण अनुसन्धान गर्न भएको छ । राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले त्यसको पुष्टि गरेका छन् । डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रले आफ्नो रक्षा गर्न मद्दतको लागि रूससँग अनुरोध गरेपछि फेब्रुवरी २४ मा मस्कोले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो । उसले किएभविरुद्ध थालेको सैन्य कारबाही युक्रेनी सैन्य पूर्वाधारमा मात्र लक्ष्यित रहेको र सर्वसाधारण युक्रेनी त्यसको जोखिममा नरहेका दाबी गर्दै आएको छ । यसैबीच, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले सुरक्षा परिषद्को शुक्रबारको बैठकमा विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी थिइन् । उनले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क, दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएर रूसले त्यसको आधार निर्माण गरिरहेको पनि उल्लेख गरेकी थिइन् ।राससफाइल तस्विर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology