पत्रकार सम्मेलनमार्फत शिक्षा संकाय विषयको बारेमा जानकारी गराउँदै प्रिन्सीपल पुरनबहादुर जोशी ।

हेटौंडा । हेटौंडा–४,स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइनस कलेजले निःशूल्क शिक्षाशास्त्र संकायको अध्यापन श्रावण ११ गतेबाट सुरु गर्ने भएको छ । गुणस्तरीय शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै कक्षा–११ र कक्षा–१२ का विद्यार्थीले निःशूल्क रुपमा पढ्न पाउनेगरी शिक्षाशास्त्र विषयको अध्यापन गराउनका लागेको हो ।

बिहीबार पत्रकार सम्मेलनमार्फत म्यानेजमेन्टका प्रिन्सीप पुरनबहादुर जोशीले नवोदय शिशु सदन बोर्डिङ्ग र नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा सीपयुक्त शिक्षा प्रदान गरेर अंग्रेजी, सामाजिक, नेपाली, विज्ञान र गणित शिक्षक उत्पादन गर्ने उद्देश्यले शिक्षा विषयको निःशूल्क कक्षा सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । शिक्षा समुदायलाई समेटेर सशक्त बनाउने प्रयास गर्नका कार्यक्रमको आयोजना गर्न लागेको प्रिन्सीपल पुरनबहादुर जोशीले बताए ।

म्यानेजमेन्टले यस वर्षबाट सुरु गरेको कार्यक्रममा नवोदय शिशु सदनले ल्याब स्कूलको भूमिका निर्वाह गरेर उत्पादित प्रशिक्षार्थी शिक्षकलाई प्रयोगात्मक सिकाई प्रदान गर्नेछ । विद्यार्थीलाई प्रयोगात्मक सिकाईमा दक्ष बनाउनका लागि साताको ३ पटकसम्म निर्देशन शस्त्र कक्षा सञ्चालन गरिने उनले बताए । विद्यार्थीलाई दैनिक २ विषय अध्यापन, प्रत्येक शुक्रबार पुस्तक परिचर्चा शिक्षा संवाद कार्यक्रम सञ्चालन गरेर विद्यार्थीको भाष सम्बन्धीको सीप विकास गरिने उनको भनाई छ ।

प्रशिक्षार्थी विद्यार्थीलाई प्रत्येक साता २ देखि ३ दिनसम्बन्धीत विषय पढाउन सक्नेगरी सीप प्रदान गरिने उनको भनाई छ । प्रशिक्षार्थी शिक्षकहरुलाई आवश्यकता र क्षमता अनुसार रोजगारीमा नियुक्ति गराएर पढाईसँगसँगै उचित पारिश्रमिक पाउने उनले दावी गरे । उनले गरिब तथा विपन्न परिवारका महिला, दलित तथा जनजाती कोटाका विद्यार्थीलाई निःशूल्क रुपमा मेडिकल विषय पढाउने बताए ।

प्रशिक्षार्थीका लागि Teaching Boot Camp, कार्यशाला र प्रशिक्षण कार्यक्रम विशेषज्ञहरूमार्फत नियमित रूपमा सञ्चालन गरिनेछ बताउँदै उनले भने” Exhibition, Portfolio Development र प्रस्तुतीकरणजस्ता गतिविधिहरू शैक्षिक क्रियाकलापमा रहेका छन् । जसबाट विद्यार्थीरुको Formative Assessment गरिन्छ र सोही प्रक्रियाबाट प्रशिक्षार्थी विद्यार्थीहरुले Formative Assessment बारेमा सिक्नेछन् ।

विद्यार्थीलाई विभिन्न विद्यालयमा आफूले सिकेका कुराहरुलाई प्रकट गर्ने, विभिन्न विद्यालयहरुको भ्रमण र कक्षा शिक्षण, विद्यालय अवलोकन गर्ने मौका प्रदान गरिनेछ । जसबाट अब्बल विद्यालयमा काम गर्ने शिक्षकले कसरी काम गर्दा रहेछन् ? कसरी विद्यालय प्रशासनले काम गर्दो रहेछ भनेर जानकारी हासिल गर्छन् ।

 

रातो समाचार संवाददाता
थप जानकारी