ललितपुर महानरपालिकाको मेयरमा विजयी चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन्।
बुधबार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताए। मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो। महानगरका समस्या समाधानका लागि आफू तत्पर रहने बताए। निर्वाचन अघिसम्म पार्टीका कुरा गरेपनि अब जनताका समस्या समाधान गर्ने उद्घोष गरे।
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी बनेका छन् भने उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य निर्वाचित भएका छन्। मेयर महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन्। उनले ४२ हजार ७२२ मत प्राप्त गरेका थिए।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो















प्रतिक्रिया दिनुहोस्