मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जनाको बेपत्ता भएका थिए । बेपत्ता सबैजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । पहिरोमा परी मृत्यु हुने सबै सालिमगाउँका रहेका छन् ।

निरन्तरको वर्षाले नगरपालिकाको गमगाढमा रहेका काठेसाँघु, झोलुङ्गेपुल बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको छ ।

प्रजिअ महतका अनुसार वडा नम्बर ८ झ्यारीगाउँ, वडा नम्बर ७ टोप्लागाउँ, वडा नम्बर ४ को ढुम, वडा नम्बर ५ को भियालवाडा गाउँ र सदरमुकाम गमगढीको कालिका मालिका दक्षिण खण्डमा वर्षाले क्षति पुर्‍याएको छ । पहिरोले करिब पाँच सय परिवार विस्थापित भएका अनुमान गरिएको उहाँले बताउनुभयो ।

गोरखापत्रबाट साभारछ ।