रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका कमाने स्थित दुई वटा विद्यालय हिमगंगा प्राथमिक विद्यालय र माउन्ट एभरेष्ट बोर्डीङ स्कुलले वडा नं ८ तथा बालमैत्रि स्थानीय शासन वडा समितिद्वारा शुक्रबार बालबालिकाको सवाल जनप्रतिनिधिको जवाफ भनी बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम गरिएको छ ।
बालमैत्री वडा सहजकर्ता रोजिता दंगालले सञ्चालन गरेको सो कार्यक्रम बीबीसीको साझा सवाल कार्यक्रम जस्तै मोडलमा गरिएको थियो । बीबीसीको साझा सवाल रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण भइरहेको बीबीसी मिडिया एक्सनले उत्पादन गर्ने साप्ताहिक बहसको कार्यक्रम हो। जस मार्फत जनताले नेता, नीति निर्माता र विश्लेषकहरूलाई सोझै प्रश्न गर्न सक्छन्। साझा सवाल अगाडि नेपालमा प्रधानमन्त्रीसहित नेताहरू, नीति निर्माताहरूलाई जनताले सिधै प्रश्न सोध्ने चलन नेपाली सञ्चार माध्यममा थिएन।
कार्यक्रममा विद्यार्थीहरुले वडामा देखेका महसुस गरेका विकास निर्माणमा गर्नुपर्ने कुराहरु, वडामा देखेका भोगेका समस्याको समाधान हेतु वडा कार्यलयले के कस्ता कार्य योजनाहरु गरिरहेको छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
जनप्रतिनिधिहरु बालबालिका प्रति कतिको उत्तरदायी छन्, जिम्मेवार छन् भनेर गरिएको कार्यक्रममा ८ नं वडालाई बालमैत्री वडाको घोषणाको तयारी गरिरहदा ५१ वटा सुचक मध्ये कुन सुचक पुरा गर्न समस्या परिरहेको छ त्यस्तो समस्याहरुको जानकारी लिएर त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरामा विचार तथा तत्काल कार्यन्वयन गर्ने उद्देश्य बोक्दै तत्कालीन समयमा समाधान हुन नसकेका समस्याहरु केही समय पश्चात समाधान हुने भयो कि भएन भनेर ४ महिना पछी फेरी कार्यक्रम गर्ने गरि आयोजना गरिएको हो ।
कक्षा ३ बाट ओमप्रकाश पण्डित, नियाशा पौडेल, शुसान सत्याल, कक्षा ४ बाट प्रमिला स्याङ्तान, पूर्णिमा चौधरी, गौरव राई, अंकीत पटेल, समित विक, एलिन तामाङ, तृषा पौडेल, प्रचिना, नवदीप शिवाकोटी, शिशिर अधिकारी, निरज यादव, कक्षा ५ बाट प्रतिक्षा पटेल, आरती पंडित,
समिर मिया, जेनिशा दुलाल, लूना वाग्ले, कक्षा ७ बाट उत्साह राउत, श्रद्धा दाहाल, प्रश्ना कटुवाल, कक्षा ९ बाट श्रियासी दवाडी, सुगारिका थापा, सायरा बुढाथोकी लगाएत विद्यार्थीहरुले कार्यक्रममा प्रश्न गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले वडा कार्यलयले गरिब जेहेन्दार विद्यार्थीलाई प्रदान गरेको छात्रावृत्ती, पोषाक वितरण जस्ता कार्यहरुको खुलेर प्रशंसा गरेका थिए । हेटौडा उपमहानगरपालिकामा रहेको १९ वटा वडाहरु मध्ये कुनै पनि वडामा अहिले सम्म विशेष गरि बालबालिकालाई लक्षित गरि उनीहरुलाई जनप्रतिनिधि समक्ष प्रत्यक्ष सवाल गर्ने एस्तो खाल्को कार्यक्रम गरेको थिएन जुन कार्यक्रम ८ नं वडाले अहिले गरिरहेको छ र आगामी दिनमा पनि निरन्तर गरिरहने तरखरमा छ ।
कार्यक्रममा ८ नं वडा अध्यक्ष रामकृष्ण थापा, कार्यपालिका सदस्य मञ्जु भुर्तेल, वडा सदस्य गोरखनाथ रे, वडा सदस्य रिता मग्रांती, विव्यस अध्यक्ष रमेश पौडेल, विद्यालय प्रअ, शिक्षक, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।































प्रतिक्रिया दिनुहोस्