माईग्रेन्ट कृषि मार्ट मकवानपुरले पाँचदिने निःशुल्क अचार बनाउने तालिम सम्पन्न गरेको छ ।

बैदेशिक रोजगारीमा गएर फर्किएका र जान खोजेका युवाहरुद्वारा सञ्चालित माईग्रेन्टको आयोजनामा सोमबारबाट सञ्चालन गरिएको तालिम शुक्रबार सम्पन्न गरिएको हो ।

अध्यक्ष सरोज पुडासैनीको सभाध्यक्षता भएको तालिमको उद्घाटन सत्रमा उपाध्यक्ष अंकिशा सुवेदी, माइग्रेनन्ट कृषि मार्टका सञ्चालक विवेक पाण्डे, राजु श्रेष्ठ, गुणराज कार्की, विपिन घिमिरे, बालकृष्ण उप्रेतीलगायतको सहभागिता थियो ।

सहजै पाईने लप्सी, काँक्रो, अमला, मुला, करेला, आँप, गाजर लगायतका खाद्य सामग्रीबाट अचार बनाउन सिकाइएको तालिमको सहजीकरण गरेका प्रशिक्षक धनकुमार गुरुङले बताए ।बैदेशिक रोजगारीमा गएर फर्किएका र जान खोजेका युवाहरुद्वारा सञ्चालित  निःशुल्क अचार बनाउने तालिम शुक्रबार सम्पन्न गरिएको हो ।

हेटौँडा—५ का वडाध्यक्ष शुसिल घिमिरेले महिलाहरुमा आत्मनिर्भर बन्ने बाटो खुलेको र व्यवसायिक बन्नका लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

हरेक महिलाहरु व्यवसायिक बन्नुपर्ने र गाउँघरमा उत्पादित वस्तुहरुको व्यवस्थापन गर्न उपमहानगरले सहयोग गर्ने हेटौँडा उपमहानगरपालिकाका उपमयेर राजेश बनियाँले प्रतिवद्धता जनाए ।

उनले सिकेको सिपलाई सहि ठाउँमा सदुपयोग गर्न तालिमका सहभागीहरुलाई आग्रह गरेका थिए ।

बैदेशिक रोजगारिबाट फर्किएकाहरुमा सिप भएकाहरुको सिप प्रयोग गर्ने र सिप नभएकालाई सिप प्रद्धान गराई स्वरोजगार बनाउने उद्श्य सहित सञ्चालित मार्ट द्धारा तालिम सम्पन्न गरिएको अध्यक्ष सरोज पुडासैनीले बताए ।

सहकारी सञ्चालन गरिसकेको र कृषि बजार, बायोग्यास कार्यक्रम, फुड बैंक सञ्चालन लगायतको योजना अघि सारेको पुडासैनीले बताएका हुन् ।

उनले हेटौँडा उपमहानगर भरिको १९ वटै वडाका ४५ जना महिलाहरुको सहभागिता रहेको बताए ।

मार्टका अध्यक्ष सरोज पुडासैनीको सभाध्यक्षता तथा उपमयेर राजेश बानियाँको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य बिरबहादुर विश्वकर्मा, वडा नम्बर ६ का वडा सदस्य लेखनाथ ढकाल, माइग्रेन्ट कृषि मार्टकी उपाध्यक्ष अंकिशा सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।