नेपाल मानव अधिकार संगठन, मकवानपुर द्धारा गठन गरिएको महिला मानव अधिकार मञ्च मकवानपुरको अध्यक्षमा रमा चौलागाई चयन भएकी छन् ।
संगठनको बागमती प्रदेश संयोजक अप्ससरा बस्नेत जिल्ला अध्यक्ष शर्मिला श्रेष्ठ, कार्यसमिति सहितको उपस्थितिमा गठन गरिएको मञ्चको सचिवमा श्रद्धा ढुङ्गाना चयन भएकी हुन् ।
सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्र मकवानपुर द्वारा लोकतान्त्रिक आन्दोलनमा महिला अधिकारकर्मीको भुमिका विषयक अन्तर संवाद कार्यक्रको आयोजना गर्दै गठन गरिएको मञ्चको सदस्यहरुमा कौसल्या राई, बिनिता महत, तेज कुमारी थापा,श्वेता कोईराला, मञ्जु खराल, पुष्पा भट्ट, गायत्री श्रेष्ठ, अपेक्षा बस्नेत,निरु पौडेल, विपिका कार्की र सन्तोषी बर्तौला रहेका छन्।
गठन मञ्को पदाअधिकारीहरुलाई अबको कार्यकालमा संगठनको बिधान अनुसार काम गर्नुपर्ने प्रदेश संयोजक अप्सरा बस्नेतले बताईन् ।

संगठनका संस्थापक अध्यक्ष र हालका सल्लाहाकार समेत रहेका कृष्ण प्रसाद दाहालले शुुभकामना दिदै नेपालको कानुन अनुसार संगठनको मताहतमा समन्वय गरेर मात्र काम गर्नुपर्ने बताए।

मानव अधिकारको सम्मान गरौँ भन्ने अभियानमा अध्यक्ष भएर अब महिलाको हकहितमा काम गर्ने र आवाज बिहिनहरुको आवाज बन्ने भन्दै महिला मञ्चमा आवद्ध भएको कानुन सम्बन्धि काम गर्दै आइरहेको अधिवक्ता चौलागाइले बताईन्।
आफुपनि कानुन संग आवद्ध भएको र संगठनको बिद्यान र नेपालको कानुनको दायरामा रहेर काम गर्ने र एकलो प्रयासमा सम्भव नभएकाले सबैको सहयोग आवाश्यक रहेको बताईन् ।
नेपाल मानव अधिकार संगठन, मकवानपुरले विश्वास गरेर दिएको बाटोमा आफु हिड्ने र पिडितको पक्षमा रहेर सधै काम गर्ने मञ्का पदाअधिकारीहले बताए ।
अध्ययन केन्द्रका अध्यक्ष कृष्ण प्रसाद दाहालको सभा ध्यक्षता बिनोद चन्द्र कोइरालाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश संयोजक अप्सरा बस्नेत, समाजिक सहयोगी जेष्ठ नागरिक बासुदेव श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला अध्यक्ष शर्मिला श्रेष्ठ, सल्लाकार बिजेन्द्र अग्रवाल,राधा कोइराला , प्रदिप कोइराला लगायत संगठनका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो
























प्रतिक्रिया दिनुहोस्